झापा । पत्रकार प्रेम आचार्यलाई मातृशोक परेको छ । आचार्यकी ममतामयी माता चन्द्रकला आचार्यको उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो ।
झापाको अर्जुनधारा नगरपालिका–८ मा बसोबास गर्दै आएकी चन्द्रकला आचार्यको कनकाई अस्पतालमा उपचारका क्रममा २०८३ साल साउन २८ गते बिहान ८ बजे असामयिक निधन भएको हो ।
नेपाल पत्रकार महासघ झापाका पुर्व कोषाध्यक्ष समेत रहेका पत्रकार आचार्य ब्लाष्ट टाइम्स दैनिक र मेची खबर अनलाईनमा आबद्ध छन् ।
स्वर्गीय आचार्यका छोराछोरीहरु प्रेम आचार्य, अम्बिका आचार्य, खगेन्द्र आचार्य तथा बुहारी र ज्वाईं तथा नातिनातिना शोकमा रहेका छन् ।
स्व. चन्द्रकला आचार्यको पार्थिव शरीरको आजै कनकाई माईमा अन्त्येष्टि गरिने जनाइएको छ ।























































