झापा । झापामा टिपरको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ । झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको टिपरको ठक्कर मृत्यु भएको हो । शनिबार साँझ ५: २० बजेतिर झापा गाउँपालिका–४ वडा कार्यालय अगाडि ना.५ ख ६४९० नम्बरको टिपरले साइकलयात्रा गरिरहेका गणेशलाई टिपरले ठक्कर दिएको थियो ।दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि बीएन्डसी अस्पताल, बिर्तामोड पठाइएको थियो । त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि टिपर चालक झापा गाउँपालिका–३ कामटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।