बिर्तामोड । झापाको बिर्तामोड–९ मा न्वारनको भोज खाएपछि ६० जना बिरामी भएर अस्पताल भर्ना भएका छन् । बिर्तामोड नगरपालिका–९ मा न्वारनको भोज खाएका करिब ६० जना बिरामी परेपछि नगरपालिकाको टोलीले बिर्ता बजारस्थित गणेश फ्रेस हाउसमा अनुगमन तथा छापा मारेको छ ।
भोज खाएपछि धेरै जनामा पेट दुख्ने, वान्ता हुने तथा झाडापखालालगायतका समस्या देखिएको बताइएको छ । बिरामी परेकामध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।





















































