झापा । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १,५०१औँ जन्मजयन्तीको अवसर झापाको मेचीनगरमा पनि विविध मनाइएको छ ।धुलाबारी, दुहागढी चारआली धाइजन लगायतका ठाउँका चोक तथा बजार परिक्रमा गरेको छ । परिक्रमाका क्रममा सहभागीहरूले आफ्नो परम्परागत पोशाक पहिरिएर प्लेकार्ड र झण्डासहित बजार क्षेत्रको परिक्रमा गरेका थिए । र्यालीपछी शान्ति, भाइचारा र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्न आजको साँझमा एकै ठाउँमा सामुहिक रुपमा खाना तथा खाजा खाने ब्यवस्था गरिएको मुस्लिम समाज मेचीनगरका अध्यक्ष महम्मद मुस्लिमले जानकारी दिए । उनका अनुसार मेचीनगरमा २५ हजार मुस्लिमको जनसंख्या रहेको जानकारी दिए ।

नेपालसहित विश्वभर विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी ‘मिलाद–उन–नबी’ तथा ‘मोहम्मद जयन्ती’का रूपमा मनाइने यस अवसरमा मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज तथा प्रार्थना गर्ने, कुरान वाचन गर्ने, धार्मिक प्रवचन सुन्ने र पैगम्बर मोहम्मदका शिक्षाबारे चर्चा गर्ने गरेका छन् । नेपालमा पनि विभिन्न स्थानमा धार्मिक सभा, जुलुस तथा परिक्रमा सामाजिक सेवामूलक कार्यक्रम आयोजना हुँदै आएका छन् ।

जन्मजयन्तीका अवसरमा कतिपय मुस्लिम समुदायले मस्जिद तथा घर–टोल सजाउने, नात शरीफ अर्थात् पैगम्बर मोहम्मदको प्रशंसामा धार्मिक रचना वाचन गर्ने तथा सामूहिक भोजनको आयोजना गर्ने गर्छन् । गरिब तथा विपन्नलाई खाना खुवाउने, सहयोग गर्ने र आपसी सद्भाव तथा एकताको सन्देश फैलाउने गतिविधि पनि यस अवसरमा गरिने प्रचलन छ।

कतिपय स्थानमा धार्मिक कार्यक्रमसँगै शान्ति तथा सद्भावको सन्देश दिने जुलुस निकाल्ने गरिएको छ। झापालगायत मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेका क्षेत्रमा पनि मस्जिद तथा धार्मिकस्थलमा भेला भएर कार्यक्रम गर्ने परम्परा छ । यसैबीच झापाको मेचीनगर मुस्लिम समाजले 

मुस्लिम धर्मावलम्बीहरूका लागि यो दिन पैगम्बर मोहम्मदका शिक्षा, मानवता, करुणा, शान्ति, एकता र आपसी सद्भावलाई स्मरण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । नेपाल सरकारले पनि मुस्लिम समुदायका लागि आज सार्वजनिक बिदा दिएको छ ।