धुलाबारी  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

क्षेत्रीय सभापतिको निर्वाचनमा इन्द्रबहादुर बुढाथोकीले ४१४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सुवेश पनेरुले २०१ मत प्राप्त गरे ।

त्यस्तै, क्षेत्रीय सचिव पदमा दिपक काफ्ले २९९ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुन्दर बस्नेतले १९९ मत प्राप्त गरे।

सहसचिव पदमा चन्दन गौतम २४८ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सहसचिवका अन्य उम्मेद्वारमध्ये कृष्ण पौडेलले १५०, लावण्य पोखरेलले ११६ र यमकान्त पौडेलले ६७ मत प्राप्त गरे।

क्षेत्रीय अधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै आगामी महाधिवेशन तथा संगठनात्मक गतिविधिमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

कांग्रेस १५ औं महाधिवेशन झापा क्षेत्र न १  (क) सभापतिमा गिरीराज धमला (२३१) निर्वाचित भए भने उनका प्रतिद्वन्दी गुणराज भट्टराई (१८४) मत प्राप्त गरेका थिए । झापा १ (ख) सभापतिमा पुष्पराज कार्की (१६२) निर्वाचित भए । उनका प्रतिद्वन्दी सन्तोस न्यौपानेले (१३८)  मत ल्याए ।