चारआली । झापाको मेचीनगर क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा मेडिकलको मापदण्ड र सञ्चालन अनुमतिको बिषयमा कडाई गरेपछि दुई वटा हस्पिटल र मेडिकललाई कार्वाही गरेको छ ।

हिजोदेखि नगरभित्र रहेका निजी स्वास्थ्य अस्पताल र मेडिकलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा लामो समयदेखि आवश्यक कानुनी प्रक्रिया पूरा नगरेको पाइएपछि झापा मेचीनगर-१३ स्थित मनकामना हस्पिटल प्रालि बन्द गरेको छ भने मेचीनगर-१० मा सञ्चालनमा रहेको शिखर हस्पिटल कागजात पूरा गर्न निर्देशनसहित बन्द गरिएको छ । 

मेडिकलले सञ्चालनमा ल्याएको प्रयोगशालाको आवश्यक दक्ष जनशक्तिसहित कागजात नपुगेको भन्दै कार्वाही गरेको हो । मनकामना अस्पतालले सञ्चालन गर्दा अनुमति नलिएको, दर्ता तथा सम्बन्धित बिभागबाट स्वीकृत प्रचलित कानुनले तोकेका मापदण्ड पूरा नगरी सेवा सञ्चालन भएको पाइएपछि अनुगमन टोलीले मंगलबार अस्पताल बन्द गराएको हो ।

यसअघि नै २०८२ असोज ३० गते नगरको स्वास्थ्य शाखासहित स्वास्थ्य कार्यालय झापाले मनकामना अस्पतालका सञ्चालक डा. दिलिपकुमार यादवलाई आवश्यक प्रक्रिया पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यसपछी समन्वयको आधारमा  ६ महिनामा तोकिएको कानुनी प्रक्रिया पूरा गर्न दिएको निर्देशनलाई आलटाल गरेपछी बन्द गरेको बताइएको छ ।

शिखर हस्पिटलले आवश्यक पर्ने कर्मचारीको कागजात भएपनि सम्बन्धित स्वास्थ्य शाखा कार्यालयमा अद्यावधिक नगरेकाले अध्याबधिक गर्न निर्देशन दिँदै बन्द गरेको हो । बुधबार नै कार्यालय पुगेर अध्यावधिक गरे पुग: अनुगमन गरेर सञ्चालन गर्न अनुमती दिने प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जानकारी दिए ।

सोही आसपासमा रहेका जमुना, प्रतिमा मेडिकल, मिलन मेडिकल र रोशन मेडिकलले मेडिकल सञ्चालनको आवश्यक कागजात पूरा गरेपनि ल्याब तथा प्रयोगशाला सञ्चालनको आवश्यक कागजात पूरा नगरेकाले उक्त प्रयोगशाला बन्द गरेको छ । अनुगमनका क्रममा बजारका विभिन्न खाद्य तथा किराना पसलमा निरीक्षक गरिएको थियो ।

कानुनी प्रक्रिया पूरा नगरी स्वास्थ्य सेवा सञ्चालन गर्ने कुनै पनि संस्थालाई नियमअनुसार कारबाही तथा सञ्चालनमा रोक लगाउन सकिने कानुनी ब्यवस्था अनुसार कार्वाही गरेको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबास श्रेष्ठले जानकारी दिए । 

कानुनी प्रक्रिया पूरा नगरी स्वास्थ्य सेवा सञ्चालन गर्ने कुनै पनि संस्थालाई नियमअनुसार कारबाही तथा सञ्चालनमा रोक लगाउन सकिने कानुनी ब्यवस्था अनुसार कार्वाही गरेको मेचीनगर स्वास्थ्य शाखाका प्रमुख सबिता सापकोटाले जानकारी दिइन् । मंगलबार मेचीनगरका खाद्य बिष्लेषक दिपेन्द्र कार्कीको नेतृत्वमा र बुधबार प्रमुख प्रशासकीय अधिकृत सुबास श्रेष्ठको नेतृत्वमा अनुगमन  टोली परिचालन गरिएको थियोे ।