झापा । झापाको काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय जोनाम लामा रहेका छन्। उनलाई काठमाडौं प्रवेशको मुख्य नाका चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले आज बिहान काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.०१–०२–००२ ख १२८२ नम्बरको बसमा चेकजाँच गरेको थियो ।
सोही क्रममा बसमा सवार लामाको साथबाट १४.२८ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । लामालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





