मेचीनगर, २ भदौ । राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्र गुणस्तर र बलियो नभएसम्म देशमा समृद्धि आउननसक्ने बताएका छन् । पुराना पार्टीले यी क्षेत्रलाई राम्रो र गुणस्तर बनाउन भन्दा व्यक्तिको स्तर बनाउन लागेको आरोप लगाउँदै अध्यक्ष लामिछानेले ८४ को निर्वाचनपछि तीन क्षेत्रलाई बलियो बनाउँने प्रतिबद्धता जनाए ।
अध्यक्ष लामिछानेले भने, ‘पार्टीको एजेण्डा शिक्षा, स्वास्थ्य र उपयुक्त रोजगारीलाई बलियो बनाउँनु हो । पुराना पार्टीले के गरे, कसो गरे । अब हाम्रो पार्टीले देशको महत्वपुर्ण क्षेत्रलाई बलियो र गुणस्तर बनाउनेछ ।, पार्टीले भ्रष्टचार निर्मूल गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र उपयुक्त रोजगार नहुँदा समाज संस्कार र संस्कतिमा विखण्डन ल्याएको अध्यक्ष लामिछानेको भनाईं थियो ।
नेपाली जनाताले आफ्नो पार्टीमाथि देखाएको सद्भाव र मायाले आगामी ८४ सालको चुनावमा देशको पहिलो पार्टी भए देशमा आमुल परिवर्तन ल्याउने उनले प्रतिबद्धता ब्यक्त गरे । नेपाली जनतालाई ठगेर भ्रष्टचार गर्ने पुराना राजनीतिक दल र नेताको ८४ गर्ने दिन आएको अध्यक्ष लामिछानेको भनाई थियो ।
हामी राम्रा मान्छेलाई देशमा प्रतिनिधित्व गराउँदै आएका छौं, ‘उनेले भने अहिले २१ जनाका कारण प्रतिनिधि सभा सभाजस्तै भएको छ । अब आउने चुनावमा सतप्रतिशत प्रतिनिधित्व गर्नसके नेपाललाई नेपालजस्तै बनाउँछौ ।’ यदी हाम्रो पार्टीले नराम्रो मान्छेलाई प्रतिनिधि तोकेर पठायो भने भोट दिनुनपर्ने लामिछानेले उद्घाेष गरेका थिए ।
महासचिव मुकुल ढकालले लामोसमयदेखि झापा प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्मा हात्ती समस्या समाधानका लागि बाधक भएको आरोप लगाएका छन् । उनले शर्माहरु हात्ती, सुपारी र सुकुम्बासी समस्याको सामाधान गर्ने विषयमा आनाकानी गर्दै आएकाले आफ्ना नेतृत्वलाई सचेत गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य रमेश प्रसाईंले भ्रष्टचारीलाई निर्मूल पार्न राष्ट स्वतन्त्र पार्टी जन्मिएको बताए । देश र जनताको चाहनानुसार देशलाई विकास र समृद्धिमा पुर्याउने ऐजेण्डा रहेकाले आगामी ८४ सालको चुनावमा बहुमतले पार्टीलाईं जिताउँन आग्रह गरे ।
भीमबहादुर कुँवरको अध्यक्षतामा झापाको इटाभट्टामा आयोजित सभालाई मनिष झा, प्रमुख सचेतक सन्तोष परियार, निषा डाँगी लगायतले जुनसुकै भ्रष्टचारका नाइकेलाई कारवाहीको माग गरेका थिए ।






















































