झापा । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य इन्द्र आङ्बो `मौसम´ले आगामी दिनमा देश समाजबादको दिशामा अघि बढ्ने बताएका छन् । माओवादी केन्द्र केन्द्रीय कार्यालयको सर्कुलेशनको बारेमा जानकारी गराउँदै पुर्व मन्त्री तथा नेता आङ्बोले देशको आमूल परिवर्तनको मुख्य एजेण्डा माओवादीसँग रहेको समेत उल्लेख गरे ।

IMG_20230823_141940

माओवादी केन्द्र समन्वय समिति झापाले बुधबार विर्तामोडमा आयोजना गरेको `जनतासँग माओवादी विशेष रुपान्तरण अभियान´ का प्रमुख अतिथि आङ्बोले माओवादी केन्द्रले बिचार-एजेण्डा र सरकारको नेतृत्व गर्नसक्ने क्षमता बोकेको बताए । संसदीय दलका नेतासमेत रहेका आङ्बोले उत्पादन र आर्थिक बिकासमुखी कार्यक्रम ल्याएर मात्रै देश समाजबादको दिशामा जाने उनको भनाई थियो ।  

समाजबादको दिशामा अघि बढ्दा नागरिकको आर्थिक अवस्था सुदृढ हुँदै देश बिकशित हुन्छ, नेता आङ्बोले अगाडी भने,` समाजबादका लागि एजेण्डा बोकेको पार्टी माओवादी केन्द्र बलियो हुनुपर्छ । प्रत्येक नागरिकको समस्यालाई सम्बोधन गर्न, समाजमा सुशासन कायम गर्ने, सामाजिक न्याय दिलाउँदै देशमा समृद्धिको आधार ल्याउने छ ।´ अभियानले पार्टीलाई उचाईमा पुर्याउने र आर्थिक बिकासलाई मुलधारमा ल्याउन सहयोग गर्ने नेता आङ्बोको भनाई थियो ।IMG_20230823_205554

कृषिलाई ब्यवसायिककारण गर्दै रोजगारीको सृजना गर्ने, समाजका अधारभुत बिषयहरु स्वास्थ्य, शिक्षा, रोजगारीका सवालमा सहजीकरण गर्दै भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्ने अभियानमा लाग्न नेता आङ्बोले सुझाव दिएका थिए ।

कार्यक्रमका बिशिष्ठ अतिथी माओवादी केन्द्र केन्द्रीय सदस्य शिबकुमार मण्डलले तल्लो तहका नेता कार्यकर्यादेखि नै आचरण सुधार गर्दै जनताको घरदैलोमा पुगेर पार्टीको बिचारलाई बुझाउन आवश्यक भएको औंल्याएका थिए ।

पार्टीका जिल्ला इन्चार्ज राजु आचार्य अग्निको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यहरु शिवकुमार मण्डल, झलकबहादुर दर्लामी, राजेन्द्र कार्की रञ्जित तामाङ, गोङ्बु शेपा, हरिकुमार राना, मोहन खड्का, ज्योतिसिंह दर्लामी, केन्द्रीय अनुशासन आयोग सदस्य पूर्णसिंह राजबंशी, कोशी प्रदेश सचिव गणेश उप्रेती, सह–सचिव रचना राई लगायतको सहभागिता रहेको थियो । 

भानु दङ्गालले अभियानको कार्यपत्र प्रस्तुत गरेको कार्यक्रमको संचालन मोहन टुडुले गरेका थिए ।


तीन महिने अभियान :

नेकपा (माओवादी) केन्द्र समन्वय समिति झापाले बुधबार विर्तामोडमा आयोजना गरेको `जनतासँग माओवादी विशेष रुपान्तरण अभियान´सुरु गरेको छ ।  माओवादी केन्द्र पार्टीको केन्द्रीय समितिले जारी गरेको निर्देशन अनुसार देशब्यापी रुपमा अभियान सुरु गरेको हो ।  घरघरमा माओवादी अभियान चलाउन झापामा तयारिसहित पार्टीको विस्तारित बैठक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अभियान अन्तर्गत आगामी भदौ १६ गते देखि ३ महिनासम्म अभियान संचालन गर्न जिल्लाको नगर र गाउँपालिकाका नेता कर्याकर्तालाई सर्कुलर जारी गरिएको छ । जिल्लाका प्रायः गाउँ तथा नगरपालिकाका वडाहरुमा सक्रिय नेता तथा कार्यकर्तालाई अन्तरवडामा काम गर्न कार्यबिभाजन गरिएको छ भने प्रचारप्रसारका लागि अन्तरपालिकामा जिम्मेवारी बाँडफाँड गरिएको छ ।