मेचीनगर । प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा झापाको मेचीनगर आउनेभएका छन् ।

भोलि शनिबार नेपाली कांग्रेसको मेचीनगर सम्मेलनलाई सम्बोधन गर्न कांग्रस महामन्त्री थापा मेचीनगर आउने भएका हुन् ।

उक्त सम्मेलन धुलाबारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानमा तय गरिएको नेपाली कांग्रेस मेचीनगर सभापति सुवेश कुमार पनेरु (सुदय) ले जानकारी दिए ।

अध्यक्ष पनेरुका अनुसार नगर सम्मेलनमा प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडादेखि टोलसम्मका सम्पूर्ण कमिटीहरुलाई उपस्थितीका लागि जानकारी गराइसकिएको तथा सम्मेलनमा एक हजार बढीको उपस्थिती रहनेछ ।