झापा , १६ भदौ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग विषेश रुपान्तरण’ अभियान कार्यक्रम झापाका १५ वटै पालिकाका १३१ वटै वडामा जनतासंँग जोडिएर रचनात्मक कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
जनतासँग जोडिने वाचा गरेको माओवादीले जनताका समस्या र गुनासा बटुल्ने प्रयास गरेको हो । जनताका गुनासालाई समाधान गर्न र सधैं जनतासँगै जोडिएर अभियान निरन्तर अघि बढाइने उद्घोष गरिएको छ । यसै क्रममा झापाको मेचीनगर, बुद्धशान्ति, भद्रपुर, विर्तामोड, कन्काई, दमक, शिवसताक्षी, हल्दिबारी, गौरादह लगायत सबै पालिकामा अभियान सुरु भएको छ ।

बुद्धशान्ति गाउपालिका
झापाको बुद्धशान्तिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव राम कार्की ‘पार्थ’ले जनतासँगको सम्बन्ध घनिष्ठ बनाउनुपर्ने बताए ।
बुद्धशान्ति–४ को टीमाई शिविरमा आयोजित गाउँपालिकाको विस्तारित बैठक तथा अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्कीले माओबादीलाई फेरि जनतातिरै फर्काइदिएको बताएका हुन् । ‘हाम्रा चालचलनहरु विग्रिँदै गएका छन् । हामीले साथीभाई बिर्सिएका छाैं उनले भने । अब हामी सच्चिएर जनतासामु जानुपरेको हो ।’

माओवादी पार्टी अलिअलि बिग्रिएको भएपनि जनताको भरोसा यही पार्टीमा रहेको उनको भनाई छ । मुलुक परिवर्तनका निम्ति माओवादी पार्टीको योगदान सधंैभरी रहिरहने बताए । उनले जनताका समस्या समाधान गर्न आफुहरु लागि रहेकाले हल्ला पछाडी नलाग्न आग्रह गरे ।
बुद्धशान्तिको सुकुम्बासी, पानीको समस्या
लगायत विकासका समस्याहरु सम्बोधन गराउन प्रधानमन्त्रीसँग कुरा राख्नेसमेत आश्वासन दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति संयोजक गोम्बु शेर्पा, बुद्धशान्ति गाउँ कमिटी अध्यक्ष प्रेम लिम्बु लगायतले मन्तब्य राखेका थिए ।
मेची नगरपालिका
मेचीनगरको धुलाबारीमा आयोजित माओवादीको तीन महिने अभियान सुरु गरिएको छ । प्रदेश नम्बर १ सदस्य राजु दाहालको प्रमुख आतिथ्यता तथा केन्द्रीय सल्लाहकार मुुकुलचन्द्र राजवंशीको विशिष्ठ आतिथ्यतामा दुई जना विपन्न जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा शिक्षक नेता टीका पौडेल, अभियान प्रमुख प्रकाश खड्कालगायतले बोलेका थिए । कार्यक्रममा खड्ग खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कृष्ण सिटौला कौशलले गरेका थिए ।
जनतासंग माओवादी विशेष रुपान्तरण ३ महिने अभियान उद्घाटन कार्यक्रम अन्तरगत मेचीनगर-११ मा अभियान कमाण्ड ईन्चार्ज कमरेड छत्र तिम्सिनाको प्रमुख आातिथ्य तथा अतिथि कमरेड बिनोद मोक्तान, नगर सहइन्चार्ज कमरेड शान्तिराम चिमरिया, वडाका इन्चार्ज, सहइन्चार्ज र वडाकमिटिका सदस्यहरुको सहभागीतामा भव्य सभ्यताका साथ उद्घाटन समारोह सम्पन्न भएको छ ।
वडाकमिटी अध्यक्ष कमरेड घनश्याम धितालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मेचीनगरको वडा नम्बर १,२,५ र ६, ८, १२ र १३ मा पनि अभियानको उद्घाटन भएको छ ।
८ मा जिल्ला सदस्य घनश्याम चिमरियाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा अन्तरक्रिया सम्पन्न भएको छ ।

मेचीनगरका १४ नम्बरबाहेकका वडामा बृक्ष रोपण तथा बयोबृद्दा बिपन्न परिवारलाई सम्मान गरेर अभियानको सुरु गरिएको थियो ।
मेनपा-१३ पार्टी वडा अध्यक्ष पुरुषोत्तम सिग्देलको अध्यक्षतामा सपन्न अभियान उद्घाटन कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा मेनपा १३ को अभियान प्रमुख अस्मिताको प्रमुख अतिथ्य्ता रहेको थियो । विशेष अतिथि जिल्ला कमिटी सदस्य बद्रीनाथ फुँयालले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । सन्चालन सोनाम लामाले गरेका थिए ।
मेचीनगर-६ काकरभिट्टामा पनि अभियानको उद्घाटन गरिएको छ । मानबहादुर गिरिकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश संसद गाेम्बु सेर्पा केजाङ्गले देशको आमूल परिवर्तनका लागि जनताले माओवादीलाई बिश्वास दिएको बताए । जनताले साथ दिएपनी पार्टिका नेता कार्यकर्ताको काम गर्ने शैली नसुद्रिएसम्म अघि बढ्न सकिन्दैन उनले भने ।
अभियानका संयोजक बिकास थापा लगायतको उपस्थितिमा सम्पन्न भएको सचिव खड्गमान गुरुङले जानकारि दिए। अभियान कार्यक्रममा प्रायः सबैको भनाई स्थानीय नेता तथा कार्यकर्ताको आचारण सुधार गरेरमात्रै जनताको मन खिच्नसकिने धारणा राखेका थिए ।
मेचीनगर-१ मा जेष्ठ कम्युनिस्ट मन्चका सद्स्य सहिद परिबारका अबिभावक डम्बरबहादुर कार्कीको प्रमुख आतिथ्यता एबम अध्यक्ष प्रदेश कमिटी सदस्य एबम् मेचीनगरका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स्याम लामाले कार्य बिभाजनसहित भौगोलिकताको बारेमा स्पष्ट पारेका थिए । त्यसै गरि वडा नम्बर २ मा पनि अभियानको उद्घाटन गरिएको छ ।
बिर्तामोड नगरपालिका
बिर्तामोड । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय एकतीस वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन गरिएको हो ।

अर्जुनधारा–५ को भानु माविमा भएको कार्यक्रममा उमेश साहलाई पार्टी प्रवेश गराएर कार्यक्रमको उद्घाटन गरिएको थियो । पार्टीका वडाध्यक्ष कमलचन्द्र डाँगीको अध्यक्षता र प्रदेश समिति सदस्य खड्ग तिम्सिना (पवन) को प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागीहरुले विद्यालय परिसर सरसफाई गरेका थिए ।
त्यस्तै वडा नम्बर ६ को बालविकास केन्द्रमा प्रदेश समिति सदस्य तथा झापा जिल्ला सहइञ्चार्ज सिपी कडरियाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।
नारायण चोकमा भएको वडा नम्बर ७ को कार्यक्रममा शहिद डिल्ली नारायण पौडेलकी आमा प्रेमकुमारी पौडेललाई सम्मान गरिएको थियो । उक्त वडाको इञ्चार्ज श्यामबिर लिम्बू रहेका छन् ।
वडा नम्बर ८ का शहिद अनन्त पौडेलका बुवा यामनाथ पौडेल र चन्द्र कडरियाका बुवा विष्णु कडरियालाई सम्मान गरेर कार्यक्रम उद्घाटन गरिएको नगर अध्यक्ष नारद दुखीले जानकारी दिए । अन्य वडाहरुमा समेत विभिन्न रचनात्मक कार्यक्रम गरी अभियानको उद्घाटन गरिएको छ ।
वडा नम्बर ३ बिराट पोखरी परिसरमा सरसफाइ तथा बोटबिरुवा गोडमेल कार्यक्रम गरेर अभियानको उद्घाटन गरेको छ । अभियानको उद्घाटन पार्टीका केन्द्रिय सदस्य शिवकुमार मण्डलले गरेका छन् । बिर्तामोड–३ का पार्टी वडाध्यक्ष तुलसी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अभियान बिर्तामोड कमाण्ड प्रमुख कल्पना कार्की (भुमिका), पार्टीका केन्द्रिय सल्लाहकार टेकबहादुर साह शंकर, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, उपाध्यक्ष कमल कडरिया, छाँया सिग्देल, वडा इञ्चार्ज जगन्नाथ भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
बिर्तामोड–४ मा कार्यकर्तासँग अन्तरक्रिया गरेर अभियानको उद्घाटन गरिएको छ । पार्टीका केन्द्रिय सदस्य शिवकुमार मण्डल, बिर्तामोड–४ का अभियान संयोजक राकेशकुमार सिंह, वडाउपाध्यक्ष धनसिंह राजवंशी, ओमप्रकाश श्रेष्ठ ४ नं. वडा कमाण्ड प्रमुख देबकला प्रसाई, बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो ।
हल्दिबारी गाउँपालिका
झापाको हल्दिबारीमा शनिबार रक्तदानसँगै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरी अभियान उद्घाटन गरिएको छ ।
हल्दिबारीका पाँचवटै वडामा विविध कार्यक्रमका साथ अभियानको शुरुवात गरिएको नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी सचिव दीप राजवंशीले जानकारी दिए ।
अभियान अन्तरगत नेकपा (माओवादी केन्द्र) २ नम्बर वडा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । पार्टीकी केन्द्रीय सदस्य ममता ताजपुरिया राजवंशीले रक्तदान गर्दै अभियानको उद्घाटन गरिन् । हल्दिबारीको ३ र ४, ५ वडामा शहीद तथा बेपत्ता परिवार एवम् पूर्व जनमुक्ति सेनासँग भेटघाट गरिएको छ ।
अभियान अन्तरगत वडा नं. ३ मा पार्टीका प्रदेश सल्लाकार सुरेन मेचे र गाउँपालिका उपाध्यक्ष टीका राउत लगायतको ५ विजय लावती, ४ मा प्रदेश सदस्य शिखर कडरिया, गाउँपालिका सचिव दीप राजवंशी, जिल्ला सदस्यद्वय देवान टुडू र रामहरि नेपालको टोली लगायतको टोली जनताको घरघरमा पुगेका थिए । भेटघाटमा शहीद तथा बेपत्ता परिवार एवम् पूर्वजनमुक्ति सेनाहरुले नेता सुध्रिनु पर्ने, जनतासँग नियमित भेटघाट गर्नुपर्ने, जनताको चाहना र आवश्यकता सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
भद्रपुर नगरपालिका
भद्रपुर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भद्रपुर वडा ७ मा अभियान सुचारु गरिएको छ । कार्यक्रममा पूर्व सभासद पूर्णसिंह राजवंशी, प्रदेश सदस्य निरु खतिवडा, जिल्ला सदस्य नरपति वानेम, शिबु बुढाथोकीलगायतको आतिथ्यता रहेको थियो ।
कमल गाउँपालिका
कमल गाउँपालिका वडा नं. ७ का यूवाहरुले आज श्रमदानबाट भत्किएको सडक मर्मत गरेका छन् ।
३ महिने अभियानमा कमल गाउँपालिकामा बृक्षारोपण, सडक तथा बजार सरसफाई लगायतका कामको थालनी गरेको कमलमा अभियान संयोजक माओवादी केन्द्र कोशी प्रदेशका सहसचिव गणेश उप्रेती (शुशिल)ले बताए ।
दमक नगरपालिका
त्यस्तै दमक ७ मा शहिद तपिन राई, धिरेन चोम्जोङ र गोमा मिश्रको परिवारलाई सम्मान गरेर अभियान उद्घाटन भएको थियो । अन्य वडाहरुमा वृक्षारोपण, सडक सरसफाई लगायन कार्यक्रम भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम), जिल्ला संयोजक राजु आचार्य (अग्नी) लगायतले दमकको संयोजन रहेको छ । झापामा माओवादी केन्द्रका करीब १२ हजार नेता कार्यकर्ता परिचालन भएको संयोजक आचार्यले जानकारी दिए ।






















































