इटहरी । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक ठहर गरेपछि एमालेका कार्कीलाई मुख्री मन्त्रीमा नियुक्ति गर्न सर्वोच्च अदालतले दिएको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले मुख्यमन्त्री थापाले गत भदौ ४ गते लिएको विश्वासको मतलाई असंवैधानिक रहेको ठहर गरेको हो । थापाको सरकारलाई बदर गरेसंगै एमाले नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्चले परामादेश समेत जारी गरेको हो ।
संबिधानको धारा १६८ (३) बमोजिम हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।
बहुमतको सरकार बन्न नसकेपछि प्रदेशसभाको ठुलो दलको नेताको हैसियतमा एमाले नेता कार्की दोस्रो पटक मुख्यमन्त्री बन्ने छन् ।






















































