झापा । नेपाली काँग्रेसका महामन्त्री एबम् संघीय सांसद विश्वप्रकास शर्माले संसदमा दर्ता भएकाे शिक्षा विद्येयक-२०८० ले संविधानले दिएकाे अधिकारलाई कुण्ठित गरेको बताए ।
त्यसलाई परिमार्जन नगरी जस्ताकाे तेस्तै अवस्थामा स्वीकार गर्न अहिलेको अवस्थामा नसकिने बताएका छन् ।
नेपाली काँग्रेसकाे क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शर्माले शिक्षा क्षेत्रमा देखिएका थुप्रै बिषयलाई समावेश नगरी सरकारले संसदमा दर्ता गराएकाले काँग्रेसले स्वीकार नगर्ने जिकिर गरे ।
धेरै बिषय समावेश गर्नुपर्ने भन्दै उनेले विद्येयक परिमार्जन गर्नका लागि संसदमा उभिएर सभामुखमार्फत प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराउने बिश्वास दिलाएका थिए ।
शिक्षकहरूकाे देशव्यापी आन्दाेलनकाे बिषयलाई संकेत गर्दै शर्माले भने, `शिक्षा विद्येयकमा केही राम्रा कुराहरू पनि छन् त्यस्ता विषयलाई पनि छलफलमा ल्याउनुहाेस् तर संविधानले दिएकाे अधिकार मिचेर कुण्ठित गर्ने गरी विद्येयकमा राख्नु गलत हाे ।´
संविधानले दिएको अधिकारलाई कोहीकसैले पनि मिच्नु हुँदैन तर, शिक्षा विधेयक-२०८० मा त्यो अधिकारलाई कुण्ठित गरेको छ नेता शर्माले भने, त्यसलाई सच्याउन जरुरी छ ।






















































