बिर्तामोडनेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको घरघरमा माओवादी जनजनमा माओवादी  विशेष ३ महिने रुपान्तरण अभियानमा तोकिएको जिम्मेवारी पूरा नगर्ने नेतालाई कारबाही गरिने भएको  माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले जिम्मेवारी पाएको ठाउँमा गएर काम नगर्ने नेतालाई जिम्मेवारीबाट मुक्त गर्ने बताएका हुन् 

नेकपा माओवादी केन्द्र झापाले आइतबार आयोजना गरेको तीन महिने बिशेष रुपान्तरण अभियानको प्रारम्भिक समिक्षा कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेता खनालले जिम्मेवारी पाएर अहिलेसम्म पनि तोकिएको भूगोलमा नगएका नेताहरुलाई एकपटक अन्तिम मौका दिने  त्यसपछि पनि कार्यक्षेत्रमा नगए जिम्मेवारीबाट मुक्त गरिने बताए  अभियान सञ्चालन भएको एक महिना बितिसक्दापनि केहि केन्द्र, प्रदेश  जिल्ला तहका नेताहरु फिल्डमा नगएको रिपोर्ट आएको भन्दै नेता खनालले कारबाही गर्ने चेतावनी दिएका हुन् 

नेता खनालले जिल्लामा गुटको अन्त्य गर्नुपर्ने बताउँदै गुटगत राजनीतिले फाइदा नहुने धारणा राखे  उनले पार्टीलाई सिंगो पार्टीको रुपमा उभ्याउनुपर्ने भन्दै सबैलाई मिलेर काम गर्न आग्रहसमेत गरे 

अभियानका लागि झापामा केन्द्र  प्रदेशबाट  जना नेता खटिएका छन्  उनीहरु प्रदेश, जिल्ला  स्थानीय नेताहरुसँग समन्वय गरेर माओवादीले ल्याएका परिवर्तन, उठाएका मुद्दाहरु  बोकेका एजेण्डाहरु गाउँ गाउँमा गएर जनतालाई बुझाउन लागिपरेका छन् 

कार्यक्रममा झापाका सबै पालिकामा अभियानको क्रममा भएका गतिविधीहरु रिपोर्टिङ भएको थियो  माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो -मौसमबाहेक सबै पालिका कमाण्डरहरुको उपस्थिती रहेको थियो सहभागीहरुले समेत अभियानका बिषयमा सुझाव  जिज्ञासा राखेका थिए पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले पार्टीका गतिविधीलाई तलैसम्म पुग्ने गरी लैजान आग्रह गरे अभियान जिल्ला इञ्चार्ज राजेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य अग्नीले सञ्चालन गरेका थिए