झापा । नेपाल तेक्वान्दो संघ केन्द्रिय कार्यालयले दीक्षान्त समारोहबीच देशभरका १७ जना प्रशिक्षकलाई दीक्षित छनोट गरेको छ।
उक्त दिक्षान्त समारोहबाट झापाका दुई जना खेल प्रशिक्षक दीक्षित भएका छन् । झापाबाट जिल्ला तेक्वान्दो संघ झापाका अध्यक्ष एबम् मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले छैठौं डान १२ समुहमार्फत शुक्रबार प्रमाणपत्रसहित दीक्षित बनेका हुन् ।

दीक्षित सुब्बा तेक्वान्दो खेलका प्रशिक्षकसमेत हुन् । उनिसँगै झापाबाट अर्का प्रशिक्षक हरि भुँजेल पनि दिक्षित भए । सुब्बा २०४८ सालदेखि निरन्तर तेक्वान्दो खेलको प्रशिक्षकको रुपमा भुमिका निभाउँदै आएका छन् ।
२०५४ सालमा ब्ल्याक बेल्ट प्राप्त गरेका दीक्षित सुब्बाले खेलाडी जीवनसँगै प्रशिक्षक हुँदै खेलबाटै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

नेपाल तेक्वान्दो संघ केन्द्रिय कार्यालयले ६ वर्षदेखि अनवरत रुपमा प्रशिक्षकको भुमिकामा रहेका प्रशिक्षकलाई खेल परीक्षाबाट छनोट गरी दीक्षित गराउँदै आएको छ ।
देशभरका ७७ जिल्लाबाट सहभागी प्रशिक्षकलाई पटकपटक चौथो र पाँचौ डान समुहलाई लिएको परीक्षाबाट १७ जना छनोट भएका थिए ।























































