बाहुँण्डागी । झापाको बाहुँण्डागीमा बिहीबारदेखि सुरु भएको फुटबल प्रतियोगिताको पहिलो दिन बाहुँण्डागी युवा क्लब २-० गोल अन्तरले बिजयी भएको छ  ।

कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताअन्तरगत कचनकवल युवा क्लब र बाहुँण्डागी युवा क्लबबीचको खेलबाट शुन्य २ गोल अन्तरले बाहुँण्डागी युवा क्लब विजयी भएको हो  ।FB_IMG_1711634300904मेचीनगर-४ स्थित सरस्वती मावीको खेल मैदानमा भएको उद्घाटन खेलको १७ औं मिनेटमा रिक्की प्रधानले र खेलको २९ औं मिनेटमा श्याम मुर्मुले १/१ गोल गर्दै  बाहुँण्डागीको जीत  सुरुवात गरेको हो । 

खेलको म्यान अफ द म्याच बाहुँण्डागीका लागि पहिलो गोलकर्ता प्रधान घोषित भए । उनले ट्रफी १५०० नगद प्राप्त गरे । 

प्रतियोगिता अनुसार भोलीको खेल शनिश्चरे फुटबल क्लब र रोलिङ क्लब धुलाबारीबीच हुनेछ । आजबाट शुरु भएको प्रतियोगिता २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेताले नगद १ लाख एक हजार र उपबिजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । IMG_20240328_203946उद्घाटन शत्रका प्रमुख अतिथि झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले खेल क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्द्तासहित बाहुँण्डागी जेसीजले चालेको यस कदमप्रती धन्यवाद ज्ञापन गरे ।  कार्यक्रममा सहिद परिवारका तर्फबाट नेत्रराज थापा क्षेत्री, बाहुँण्डागी जेसीजका संस्थापक अध्यक्ष नवीन बराल, मेचीनगर-४ का वडाअध्यक्ष अर्जुनकुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

बाहुँण्डागी जेसीज-२०२४ का अध्यक्ष देबु बानीयाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता भण्डारीले गरेकी थिइन् ।