झापा । झापाको बिर्तामोडमा तीन तलाबाट झरेर एक बालिकाको मृत्यु भएको छ ।

शनिबार  विहान ८ः३० बजे बिर्तामोड-५ बस्ने मन्जु उप्रेतीको घरमा दमक-४ बस्ने मनोज आचार्यकी छोरी बर्ष ५ की मानस्वी आचार्य घरको तीन तला माथि कोठामा खेल्ने क्रममा झ्यालबाट लडी घाइते भएकी थिइन् ।

घाइतेको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उप्रेतीको घरमा डेरा गरी बस्ने ताप्लेजुङ फुङलिङ-३ घर भएका हेमसागर भट्टराईको (बुढो मामली) पाहुँना आएकी थिइन् ।