झापा २७, साउन । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट टमाटर आयात गर्दै आएको बताएकी छन्।

समाचार संस्था रोयटर्सका अनुसार भारतीय संसदमा बोल्दै सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी हुन्।

‘नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट बनारस, लखनऊ र कानपुरमा आइपुग्छ,’ उनले भनिन्।

पछिल्ला केही महिनामा भारतमा टमाटरको मूल्य १४ सय प्रतिशतसम्म बढेको छ।

बजारमा अत्यधिक मूल्य बढेपछि भारतले माग धान्न नेपालबाट टमाटर लैजान लागेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले केही समयदेखि नेपाली टमाटर भारत गइरहेको बताए।

‘टमाटर निर्यात भइरहेको जानकारी छ तर विस्तृत विवरण आइसकेको छैन,’ उनले भने।