झापा । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक झापाको अर्जुनधारा–५ स्थित दुर्गा शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय भानु माध्यमिक विद्यालयका शिक्षकले शिवाकोटीले यौन दुर्व्यवहार गरेको भन्दै भानु माविका छात्राहरुले आज इलाका प्रहरी कार्यालय बिर्तामोडमा सामूहिक जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको हो । शिक्षक शिवाकोटीले विद्यार्थीलाई विभिन्न प्रलोभन देखाएको, व्यक्तिगत भेटघाटका लागि दबाब दिएको र घटना बाहिर नबताउन धम्की दिएको विद्यार्थीहरुले आरोप लगाएका छन् । पक्राउपछि शिवाकोटीलाई थप अनुसन्धान भएको प्रहरीले जनाएको छ।























































