झापा । झापामा रङ्गमन्चको क्षेत्रमा कृयाशील परिवर्तन थिएटरले आदिवासीको जीवनशैलीको बिषयमा प्रदर्शन  गरिदै आएको  ‘म्लेच्छ’ नाटक प्रदर्शन दिन थप गरिएको छ ।
असोज २५ गतेदेखि कार्तिक ३ गतेसम्म प्रदर्शन शुरु गरिएको थियोे । दर्शकको अनुरोध र मागबमोजिम कार्तिक ४ गते शनिवार एक दिन नाटक प्रदर्शन गरिने परिवर्तन थिएटरका अध्यक्ष लिला बिष्टले जानकारी दिए ।IMG_20231020_083113
अपरान्ह २ः३० बजे र ५ः३० बजे गरी दैनिक दुई पटक  प्रदर्शन गरिदैआएको नाटक ‘म्लेच्छ’ कार्तिक ४ गते ५ः३० बजे प्रर्दशन गरिने नाटककी कला संयोजक कविता नेपालले जानकारी दिइन् । 
‘म्लेच्छ’ नाटकको प्रमुख कलाकार नेपालका अनुसार कार्तिक २ गतेसम्म ५ हजार बढीले म्लेच्छ नाटक हेरिसकेका छन् । परिवर्तन थिएटरकै कलाकारहरुले अभिनय गरेको नाटक म्लेच्छको लेखन पत्रकार पर्वत पोर्तेल र गणेश बस्नेतको निर्देशन रहेको छ ।IMG_20231019_081743
बिगतको सिकारी युगमा पनि आदिवासीले अनेक दुःख कष्टको सामना गर्दैआएका थिए। जंगलमा रहँदाबस्दा पनि खानाका लागि संघर्ष गर्नुपर्थ्यो। पानीसमेत खान नपाएपछि विद्रोहमा निस्किएका आदिवासी अन्ततः थातथलो छाडेरै बसाइँ हिँड्नपर्ने बाध्यता  भयो । आज परिस्थिति बदलिए पनि नियति उस्तै छ। IMG_20231019_081643
विगतदेखि अहिलेसम्म कसरी  थिचोमिचो व्यहोरिरहेका छन् आदिवासीहरू? सयौं बिगाह जमिन हुने आदिवासी अहिले धुरमा परिणत कसरी भए ? यस्तै आदिवासी  हक अधिकारका मुद्दालाई पेचिलो ढंगबाट उठान गरेको छ। IMG_20231019_081759
सुरक्षित स्थानमा गएका आदिवासी समुदाय सिकारी युगबाट क्रमशः कृषि युगमा प्रवेश गरे । तर, जंगल फाडेर खेतीयोग्य जमिनका जमिन्दार बनेका सोझा आदिवासी सत्ताको जालझेलको सिकार हुन्छन्। विभेदको चपेटामा पर्छन्। आफैँले चर्चेको भूमिबाट उनीहरूको उठिवास लाग्छ। कसरी उनीहरू उठिवास हुन्छ त?IMG_20231019_081703
कलाकारको जीवन्त अभिनयले नाटक उत्कृष्ट बनेको छ। जंगल छाडेर भाग्ने क्रममा आदिवासीहरू ब्रह्मपुत्र नदी तर्छन्। नदी तरेको त्यो दृश्य सिंगो नाटककै उत्कृष्ट दृश्य हो। ‘नाटकमा आदिवासीको पीडालाई देखाइएको छ। जसमा आदिवासी समुदाय कसरी सुकुमबासी हुनपुगे ? इतिहासलाई महसुस गर्ने नाटक निकै उत्कृष्ट र सबैको मन छुने खालको छ ।