मेचीनगर । झापाको मेचीनगरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-२ घर भएका २४ वर्षीय दिलबर खान रहेका छन्।
खानले ती किशोरीलाई मेचीनगर नगरपालिका-९ संगम चोकस्थित साईकिर्पा कपी उद्योगमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो।
उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले सोमबार राति पक्राउ गरेको हो। उजुरीपछि प्रहरीले किशोरीको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।























































