
समीक्षापछि अस्पताललाई सन् २०२७–२०२९ अवधिका लागि स्वप्रमाणित मान्यता प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ । प्रमाणपत्रमा ईएसएमओ डेजिग्नेटेड सेन्टर टास्क फोर्सकी अध्यक्ष जेयन वुडको नाम उल्लेख गरिएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालले प्राप्त गरेको यो मान्यताले नेपालमा क्यान्सर उपचार तथा प्रशामक सेवाको विकास, सेवा प्रणालीको सुधार र बिरामीकेन्द्रित उपचार पद्धतिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गर्न सकिन्छ ।
क्यान्सर उपचारमा औषधि तथा अन्य चिकित्सकीय सेवासँगै बिरामीको पीडा कम गर्ने, मानसिक तथा सामाजिक सहयोग उपलब्ध गराउने र जीवनको गुणस्तर कायम राख्ने प्रशामक सेवा पनि महत्त्वपूर्ण मानिएको अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीले जानकारी दिए ।