मेचीनगर । झापाको मेचीनगर-१४ स्थित प्रगति टोल र पाथीभरा टोलले बृहत सामुहिक सरसफाई गरेको छ । बिगत लामो समयदेखि सरसफाई नगरिँदा सार्वजनिक बाटो आसपास झार पलाएर कुरुप बनेपछि दुई वटै टोलले सरसफाई अभियानको थालनी गरेका हो ।
पुष्पलाल मार्गको ढेड किलोमिटर दायाँबायाँ सफाई गरिएको थियो ।बिहान ७:३० बजेदेखि सुरु भएको सरसफाई अभियान ९:३९ बजे अलपत्र बनेको नगर अस्पतालमा पुगेर सम्पन्न भएको थियो । दुई वटै टोलका करिब ९० जनाको सहभागितामा सम्पन्न भएको प्रगति टोल बिकास समितिका अध्यक्ष तुलसीप्रसाद लामिछानेले जानकारी दिए।
सरसफाईका क्रममा स्थानीयलाई घरबाट उत्पादन हुने नसड्ने प्लास्टिकजन्य र सड्ने फोहोर मैला ब्यवस्थापन, घर अघि बाटोमा पलाएको घाँस काट्नुपर्ने, सडक आसपासमा चौपायाँ बाध्नु नहुने लगायतका बिषयमा स्थानीयलाई सचेत गराइएको थियो । IMG-20260404-WA0023IMG-20260404-WA0008IMG-20260404-WA0011IMG-20260404-WA0014IMG-20260404-WA0063 1