चारआली । झापाको मेचीनगर-१३ मा बस्दै आएका यज्ञप्रसाद ढकालकी ३० वर्षीया पत्नि कबिता चिमरिया ढकालले शौचालयमा आत्महत्या गरेकी छन्।
कबिताले आत्महत्या गरेपछी उनका पति ढकाललाई आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
यो घटना आइतबारको हो । बिहान ढकालले मादक पदार्थ सेवन गरेर कवितामाथि आज जे पनि हुनसक्छ भनेर माइती पक्षलाई धम्क्याएको मृतकका माइती चिमरिया पारिवारको आरोप छ ।
झापाको बुद्धशान्ति गाउँपालिका-३ मा स्थायी घर भएका ढकाल दम्पती केही समययता मेचीनगर वडा-१३ चारआली चोकको सरोज भट्टराईको घरमा कोठामा बस्दै आएका थिए । सामान्य पेशा गरेर जिविकोपार्जन गर्दै आएका ढकालले माधक पदार्थ सेवन गरेर पत्नीमाथि हातपात गर्दै आएको प्रहरीले जनाएको छ ।
जाहेरी दिएपछि मृतकका यज्ञप्रसादलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए । आइतबार बिहान ११ बजे आत्महत्या गरेकी कबिताको मृत शव प्रहरीले दिउँसो २ बजे कानुनी प्रकृया पुरा गरेर पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो ।























































