झापा । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई सुशासनसंगै समृद्धिको नमुना प्रदेशको रुपमा बिकास गर्ने बताएका छ्न् । सबै राजनीतिक दललाई मिलाएर कोसी प्रदेशलाई सबै पक्षबाट बलियो प्रदेशको रुपमा बिकास गर्ने उनलेको भनाई थियो ।
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापाको बिर्तामोडमा आयोजित चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको उद्धाट्नपछि प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्की उक्त कुरा बताएका हुन् ।
सबै राजनीति दललाई मिलाएर जिम्मेवारी प्रदान गर्ने योजना बनाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, `देशभरीका प्रदेशको अवस्थाभन्दा अब्बल र नमूना प्रदेशको रुपमा कोसी प्रदेशलाई चिनाउनेछु ।´
आफुले सबैको प्रेरणा लिन आएको बताउँदै उनले सक्षम, सबल र सुशासनमा विश्वासीलो भएर कार्यसम्पादन गर्ने योजना अघि सारेकोसमेत बताए ।
देश सेवा गर्नलाई अनुभवको उत्तिकै खाँचो हुन्छ, मुख्यमन्त्री कार्कीले भने, `जसरी जन्मपछि जमिएको बच्चालाई लालनपालन र रेखदेख गर्नका लागि अनुभवी अभिभावकको खाचो पर्दछ, त्यसरीनै समाज र देश संचालन गर्न अनुभवी ब्यक्तीको खाँचो पर्दछ ।´
नेपाल युवा बिदेशिदा उमेर र जवानीसहित सबै थोक बिदेशमै सकेर फर्किन्छ्न् भन्ने बुझाई गलत भएको भन्दै उनले बिदेशीने युवाले बिदेशमा केही सीप, ज्ञानसहित अर्थआर्जन गरेको समेत बताए ।
जबसम्म बिनाशलाई रोक्न सक्दैन, तबसम्म बिकास सम्भब नहुँने तर्क मुख्यमन्त्री कार्कीको थियो । राजनीतिमा एकापट्टी बोल्ने र अर्को काम गर्ने शैलीले राजनीति क्षेत्रमा समस्या निम्तेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले नेता आफै जादुगरजस्तै भएको उदाहरणसमेत दिए । उनले कोशी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजले झापाको बुद्धशान्ति गाउँ पालिका र गौरिगन्ज गाउँपालिकालाई साझेदारीमा एम्बुलेन्सको डमी चाबी हस्तान्तरण गरेका थिए । रोहित कुमार श्रेष्ठ, मनोज प्रसाईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको हो । समाजले यसअघि झापाको शरणामती गाउँपालिकामा ४० लाखको घर आवस र विभिन्न गाउपालिकामा एम्बुलेन्स प्रदान गर्दै आएको छ ।























































