मेचीनगर । झापाको मेचीनगरका मेयर र उपमेयरले आदर्श माबीमा आउने बजेट रोकेपछि विद्यालय ब्यवस्थापन समितिले बजेट नरोक्न अनुरोध गरेको छ ।IMG_20240229_150756संघीय सरकारको विशेष अनुदानबाट मेचीनगर-८ स्थित आदर्श माविको स्तराेन्नति अन्तरगत पूर्वाधार निर्माणका लागि संघीय सरकारले ३ वर्षे क्रमागत बजेटमा १८ कोठाको सुविधा सम्पन्न भवन निर्माणका लागि ६ करोड ९ लाख १३ हजार ४८६ रूपैयाँ बजेट छुट्टाएको थियो ।

आइरहेको बजेट मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मिना उप्रेती पोख्रेलले रोकेको भन्दै निर्णय सच्याएर विद्यालयको पुर्वधार निर्माणमा सहयोग गर्न समितिले बिहिबार पत्रकार सम्मेलनमार्फत नगरपालिकालाई अनुरोध गरेको हो ।

विद्यालयको पहिलो किस्ताबापत एक करोड १५ लाखबाट   विद्यालयको ८ कोठाको भवन निर्माणाधीन अवस्थामै छ । क्रमागत बजेटअनुसार नगरपालिकाले अर्को किस्ता स्थगित गर्न राष्ट्रिय योजना आयोगमा पठाएर किस्ता रोकेपछि नगरपालिकालाई अनुरोध गरेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खड्काले बताए ।IMG_20240229_153241दोस्रो चरणको किस्ताका लागि बजेट माग गर्न राष्ट्रिय योजना आयोगमा नगरपालिका मार्फत सिफारिस पठाउनु पर्ने थियो, अध्यक्ष खड्काले भने,-`नगरपालिकाले बजेट माग गरेर आफ्नो नगरको बिकास निर्माण गर्नुपर्ने ठाउँमा आउँदै गरेको बजेट रोक्नुले नगरको अभिभावकको जिम्मेवारी र ब्यवहारप्रती प्रश्नचिन्ह उब्जिएको छ ।´

पहिलो चरणमा गत पुस ६ गते उक्त भवनको शिलान्यास मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले नै गरेका थिए ।  आदर्श माबीमा आउने बाँकी रकम अन्य २ वटा विद्यालयलाई सिफारिस दिने भनी मेयर बुढाथोकी र उपमेयर उप्रेतीले भनेको  विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले जानकारी दिए ।

सो बिषयमा गत आइतबार विद्यालय ब्यवस्थापन समितिले नगरपालिकामा उक्त  विषयमा छलफल गरेको थियो ।  आदर्श माविको बजेट काटेर अरु माबीको पुर्वधार बिकासका लागि सिफारिस पठाएको छलफलमा उपमेयर उप्रेतीले बताएको प्रअ पुरीले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । नगरपालिकाले नै आर्दश माबीको पुर्वाधार बिकासका लागि ९ करोडको लागत मुल्यांकन र सिफारिस पठाएको शिक्षक-अभिभावक संघका अध्यक्ष भोला तिम्सिनाले बताए । शिलान्यास पनि नगर प्रमुख बुढाथोकी आफैले गरेका थिए ।IMG_20240229_144945

बजेट रोक्ने हामीले निर्णय गरेका छैनौ -जनप्रतिनिधि 
गत २०८० माघ २८ गते आदर्श माविको भवन निर्माणका लागि विद्यालय ब्यवस्थापन समितिलाई जानकारी नै नगराई दोस्रो र तेस्रो किस्ताको बजेट रोक्ने निर्णय गरेर राष्ट्रिय योजना आयोगमा पठायो । आइटीमार्फत पेश गरेको उक्त निर्णयबारे मेचीनगरका परिषद सदस्य कसैले पनि पत्तो पाएनन् । तर, उनिहरुको हस्ताक्षर भने निर्णय पुस्तिकामा उल्लेख भएको छ।

त्यस्तो निर्णयमा हस्ताक्षर गरेकै छैनौ ।आदर्श माबीको पुर्वधार स्तरोन्नतिका लागि आएको बजेट रोक्न वा अर्को विद्यालयमा बाडफाँड गर्ने बिषयमा नगर परिषदको कुनैपनी बैंठकले निर्णय नगरेको वडाका प्रतिनिधिको भनाई छ । मेयर र उपमेयरको आफुखुसी निर्णय नुहसक्छ तर, नगर परिषदको कुनैपनी बैंठकमा त्यस्तो निर्णय भने नभएको जनप्रतिनिधिले बताए । हामी केन्द्र प्रदेशबाट बजेट माग गर्ने ठाउँमा छौ तर, छुट्याएको बजेट किन रोक्ने ? एउटा शीर्षकमा आएको बजेट अर्को शीर्षक र योजनामा पेश गर्नै नमिल्ने जनप्रतिनिधिको भनाई छ ।IMG_20240229_153241

सर्वसाधारणको आरोप
विद्यालयको पुर्वधार निर्माण गर्ने क्रममा बजेट रोक्न भनी नगरपालिकाले नै निर्णय पठाउनुले विद्यालय ब्यवस्थापन समिति र नगरपालिकाका मेयर-उपमेयरबीच सेटिङ नमिलेको स्थानीयले अन्दाज लगाएका छन् । विद्यालयको हितमा ल्याएको बजेट हो । नगरपालिकाले ठेक्का लगाए पनि प्रक्रियाका लागि मात्र सिफारिस गर्ने सर्वसाधारणको बुझाई छ ।

के भन्छन् मेयर र उपमेयर ?

नगरपालिकाका मेयर बुढाथोकीले विशेष अनुदानको बजेट नगरपालिकालाई आएको दावी गरे । यो आर्थिक वर्षको क्रमागत बजेट अन्तरगत यसपटक आदर्श माविलाई दिइँयो । बाँकी बजेट अन्य २ वटा विद्यालयका लागि सिफारिस गरेर पठाइएको छौ ।विशेष अनुदान बजेटले विद्यालयको पुर्वधार निर्माणका लागि मात्रै नभएर बाटो, पुलपुलेसा लगायतका संरचना निर्माणमा लगाउन सकिने उपमेयर उप्रेतीले बताइन्  ।  उनका अनुसार अर्को वर्षका लागि ज्यामिरगढी मावि र चारआलीको शहिद दशरथ चन्द माविलाई बजेट ल्याउने गरिको सिफारिस गरेर अयोगमा पठाएका छौं ।