- प्रकाश उप्रेती
विगत वर्ष झैं यसवर्ष २०८० सालको रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । आइतबार फागुपर्व, देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। सोमबार तराईमा धुमधामका साथ होली पर्व मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ। यो पर्वलाई कटुता समाप्त गरी एक–आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ। यो पटक होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लासपुर्ण हुने बिश्वास गरिन्छ ।
रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने प्रचलन छ । सदियौंदेखि होली मनाइदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली खेल्न मन नहुनेहरुलाई रंग नदल्नु पानी नछ्याप्नु । तर, यो लागुभएको पाइदैन् । जबर्जस्ती गर्नेलाई कारवाही गरिने भने पनि व्यवहारिक रुपमा भने लागु भएको पाइदैन । प्रशासनले यसपटक भने इच्छाविपरित रंग दल्ने र लोला हान्नेलाई दुई वर्ष थुनामा राख्ने कानुन ल्याएको छ । तर त्यो कत्तिको लागु हुने हो हेर्न बाकी नै छ । रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने गरिएको पाइएको छ । यसले उत्सव नभएर होलीप्रति नकारात्मक सोच जगाउँछ ।
होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतीमा नै रंग दल्नु वेश हुन्छ । कतिपय शोकको घडीमा रहेकाले रंग लगाउन हुँदैन । त्यसप्रति पनि सजक हुनुपर्ने देखिन्छ । होली खेल्ने क्रममा पुरुषभन्दा महिना वा किशोर भन्दा किशोरीहरु अलि बढी उत्तौलो, उछृड्कल भएको पाइन्छ । यसले समाजमा अलिबढी समस्या आउने संकेत गर्दछ । नारीले आफ्नो सर्वान्ड्ग शारीरिक अंग प्रदर्शन गरेर होली खेल्दा महिला होस् या पुरुष जो कोहिलाई पनि नकारात्मक बिचार सोच्न बाद्य्य हुन्छ्न् । त्यसैले आङभरी कपडा पहिरिएर पनि होली खेल्न र उत्साह साटासाट गर्न सकिन्छ-सुझाव छ ।
होली खेल्दा जर्वरजस्ती गर्नेहरु भन्ने गर्छन् । वर्ष दिनमा आउने होलीमा रंग नदलेर कहिले दल्ने ? तर्क ठिकै भएपनि इच्छा विपरित कसैको शरीरमा रंग र लोला हान्न कसैलाई छुट छैन । मदिरा, भाङ र गाजाँको नशामा खेलिने होलीले स्वास्थ्यमा असर त छदैछ अकल्पनीय दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसप्रति सजक हुन आवश्यक छ । होलीमा त हो चाखी हेरौ भन्नेहरु यसको लतमा दुर्ब्यसनीमा फस्न सक्छन् । केही क्षण यसको रमझममा भुलेपनि बानी परेको खण्डमा यसको दीर्घकालिन असर नराम्रो हुन्छ ।
आर्थिक क्षति छदै छ स्वास्थ्यमा समेत नकरात्मक असर पुर्याउदछ । त्यसैले स्वच्छ भएर होलीमा समाहित हुनु नै राम्रो हुनेछ । होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर ।
यसले गर्दा एउटै देशमा रहेका नेपालीहरुमा टाढा रहेको अनुभूति दिलाउछ । नेपाली हुनुको, दाजुभाई दिदी बहिनी हुनुको सद्भावलाई यसले मनमा खिन्नता ल्याउँदछ । भनाई नै छ नि ‘हिमाल पहाड तराई कोही छैन पराई’ । यसलाई बरु एकैदिन बनाउन आवश्यक देखिन्छ । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ, अनि हिमाल पनि ।
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ ।
होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ ।
यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर- विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई -जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन- जिम्मा दिएका थिए ।
दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।
तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ। पहाडी क्षेत्रमा होलिका दहन गरेपछि होली सकिन्छ भने तराईमा होलिका दहन गरेपछि यो पर्व मनाइन्छ।
प्रतिक्रियाका लागि: [email protected]






















































