मेचीनगर । अवैध अनलाइन व्यापारको नाममा ठगीमा संलग्न रहेको पाइएपछि झापाको मेचीनगर-९ स्थित शैलेन्द्र पोद्दारको घरमा शसस्त्र प्रहरीको केन्द्रीय राजस्व अनुसन्धान ब्युरोले छापा मारेको छ ।
अनुसन्धान ब्युरोको टोलीले १० जना भारतीयलाई नियन्त्रणमा लिएको छ भने नाइकेसहित केही ब्यक्ती फरार रहेकाले खोजी कार्य तीब्र बनाएको प्रहरीको भनाई छ ।
राजस्व अनुसन्धान ब्युरो र सशस्त्र प्रहरी बलले आइतबार बिहान छापा मारेको हो।
भारतीय नागरिकहरु अवैध अनलाइन व्यापारसँगै सुन, हुण्डी र क्यासिनोको व्यापारमा पनि संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।
ब्यूरो टोलीले उनिहरुले प्रयोग गर्दै आएको ४० वटा सिम कार्ड, १ थान प्रिन्टर, ७ थान, १ थान ल्याबटव, विभिन्न बैंकको चेक, एटिएम कार्ड र कागजात बरामद गरेको छ ।
पोद्दारको घरमा भएका मानिसलाई उनीहरुको मोबाइल अफ गरेर घरमै राखिएको विशेष स्रोतले जानकारी दिएको छ। पोद्दारको परिवार भने सो घर भाडामा दिएर काठमाडौँमा बस्ने गरेको स्थानीयबासीले बताएका छन् ।
मेचीनगर-८ मा संचालनमा रहेको मेची क्राउन होटलमा कार्यरत कर्मचारी हौ भन्दै भाडामा घर र कोठा लिएर बस्दै आएको स्थानीयको भनाई छ । उक्त होटलमा कार्यरत छु भन्दै मेचीनगरका धेरै ठाउँमा भारतीय युवा-युवती र मानिस भाडामा घर लिएर बस्दै आएको श्रोतको भनाई छ । थप बिस्तृत बिवरण आउन बाँकी छ ।






















































