काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका रोहितकुमार बुढाथोकी निर्वाचित भएका छन् । सोमबार बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले १९९१ मत प्राप्त गरी विजयी भएका हुन् ।
अध्यक्षका अर्का प्रतिस्पर्धी प्रगतिशील प्यानलका सन्तोस आचार्यले १८०८ मत प्राप्त गरेका छन् । अचार्य भन्दा १८३ मत बढी ल्याएर बुढाथोकी निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए। अध्यक्षमा रास्वपाका उम्मेद्वार सुदर्शन खड्काले ३४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा एमालेका गोविन्द गिरीले २२६२ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षका माओवादी केन्द्रका उम्मेद्वार राजकुमार दाहालले १२१९ मत र रास्वपाका कृष्ण सुवेदीले ६३० मत प्राप्त गरेका छन् ।
सचिवमा लोकतान्त्रिक प्यानलका विशाल तामाङ विजयी भएका छन् । तामाङले १७४५ मत प्राप्त गरेका छन् भने एमालेका जसपाका दिलिपजंग सुब्बाले १६६३ मत प्राप्त भएको छ । त्यस्तै रास्वपाका नरेन्द्र शिवाकोटीले ५९८ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा एमालेका बिमला तामाङ विजयी भएकी छन् । तामाङले २०६५ मत ल्याएर विजयी हुँदा नेकपा एकिकृत समाजवादीकी विमला देवकोटाले १४६३ मत प्राप्त भएको छ भने रास्वपाका सुधादेवी खड्काले ३९८ मत प्राप्त भएको छ ।
त्यसैगरी खानेपानी संस्थाको कार्यसमिति सदस्यहरुमा महिलातर्फ इन्दीरा बुढाथोकी र जसपाकी मिरा कार्की विजयी भएका छन् । बुढाथोकीले १६६४ र कार्कीले १५४६ मत प्राप्त गरेका छन्। त्यस्तै इकाई सदस्यतर्फ वडा नं. २, ३ र ४ बाट राप्रपाका इन्द्र प्रधानले १८८६ मत प्राप्त गरी विजयी भए । उनले प्रतिस्पर्धी एमालेका तीर्थराज नेपालले १५९० मत प्राप्त गरेका थिए ।
त्यस्तै इकाई सदस्य वडा नं. ५ र ८ बाट काँग्रेसका केदारजंग भट्टराई १४६० मत प्राप्त गरी विजयी भएका छन् भने सोही पदमा एमालेका पर्शुराम निरौलाले १३५९ र रास्वपाका राजकुमार गिरीले ९८८ मत प्राप्त गरेका छन् । इकाई सदस्य वडा नं. ६ र ७ बाट एमालेका डिल्लीकमार काफ्ले १५८१ मत ल्याएर विजयी भएका छन् । सोही पदमा पूर्णबहादुर लिम्बुले १४१६ र दिपेश तिवारीले ८५५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी लेखा समिति संयोजकमा सोमराज ढकालले १५०८ मत प्राप्त गरी विजयी भएका छन् भने राप्रपाका किशोर शर्मा भण्डारीले १४३४ र रास्वपाका भेषराज ओलीले ८११ मत प्राप्त गरे । लेखा समिति सदस्यमा बालकुमार भुजेल र जोस्ना राजबंशी विजयी भएका छन् । भुजेलले १६६० र राजबंशीले १७९९ मत प्राप्त गरे । लेखा समिति सदस्यका अन्य उम्मेद्वारहरु विकास राउतले १२४८, प्रज्वल गौतमले ७५६ र रीता घिमिरेले १७२९ मत प्राप्त गरेरका थिए ।






















































