मेचीनगर । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले ओमनको एक अस्पतालमा कोमा उपचाररर्थ रहेकी झापा मेचीनगरकी विनादेवी कवरको अवस्था बुझ्न उनका छोरालाई ओमनको सलालामा पठाउन सहजीकरण गरेका छन् ।

प्रेस क्लब मेचीनगरले बिहीबार बिनादेबीको छोरासँग गरेको पत्रकार सम्मेलनपछिको समाचारका कारण नेता शर्माले चासो देखाएका थिए ।
ओमनस्थित रातदूतसँगको सम्पर्कपछि बिनादेबिको अवस्था बुझेपछि नेता शर्माले उनका छोरा सञ्जयलाई आमाको अवस्था बुझ्न पठाउने तयारी गरेको हो । परराष्ट्र मन्त्रालयमार्फतको दूतावास आफैले हवाइजहाज टिकेटदेखि त्यहाँ रहँदा खानबस्नको ब्यवस्थापनमा पठाउने कुराकानी भएको नेता शर्माले बताए ।
नेता शर्मा शुक्रबार अपराह्नपछि बिनादेबिको छोरा सञ्जय र छोरी अनिता कवर बसोबास गर्दै गरेको मेचीनगर-७ स्थित राज टि-स्टेट परिसरमा पुगेका थिए । टि-स्टेटको मेशिन अपरेटरको रुपमा सञ्जयले काम गर्दै दैनिकी चलाउदै आएका छन् ।
उद्योगले आफ्ना कर्मचारी तथा मजदुरका लागि  ब्यवस्थापन गरेको आवासमा बस्दै आएका कवर परिवारका सदस्यलाई भेटगरी बिनादेबीको अवस्था र नेपाल ल्याउन गरिने प्रयासको बारेमा राजदूतलाई सम्पर्क गर्दै ध्यानाकर्षण गराएका थिए ।

ओमनस्थित नेपाली राजदुत डोरनाथ अर्यालसंग फोनमार्फत कुराकानी गरी विनादेवीको अहिलेको अवस्थाका बारेमा जानकारी लिएका थिए । त्यस क्रममा राजदुत अर्यालले विनादेवी अर्धचेत र शरीरको अंग नचल्ने अवस्थामा रहेको जानकारी दिएका थिए ।

कुराकानीका क्रममा राजदुत अर्यालले विनादेवीको परिवारका एक जना सदस्यलाई ओमन नै पठाउने व्यवस्था गरिदिन सांसद शर्मालाई आग्रह गरेका थिए ।

‘एक पटक वहाँको परिवारलाई ओमन पठाउने व्यवस्था गरिदिनुहोस,’ राजदुत अर्यालले सांसद शर्मालाई भने, ‘विनादेवीको अवस्थाका बारेमा वहाँहरुले आफैं देख्नु हुनेछ, अनि वहाँहरुलाई के गर्ने भन्ने निर्णय गर्न पनि सजिलो हुन्छ ।’ राजदुत अर्यालले विनादेवीको परिवारका एक जना सदस्यलाई ओमनमै बस्ने व्यवस्थाका लागि दुतावासले समन्वय गर्ने पनि नेता शर्मालाई जानकारी गराएका थिए ।

त्यसपछि नेता शर्माले  छेउमा मुढामा बसेका सन्जयलाई लक्षित गर्दै भने,` आमाको स्वास्थ्यअवस्थाका बारेमा आफैै हेरेर आउनुहोस, त्यसका लागि ओमन जाने आउँने र त्यहाँ  बस्ने ब्यवस्थापन  हामी सहयोग गर्छौं ।’ 

अबैधानिक बाटो भारत हुँदै ओमन पुगेकी बिनादेबी ढेड बर्षयता ओमनको सलालास्थित अस्पतालमा उपचाररर्थ रहेकी छन् ।