झापा । झापाको हाल मेचीनगर-५ का स्वर्गीय चुणामणी बरालले गरेका सामाजिक कार्य र मेहनत समाजले स्मरणका रुपमा लिइँदै आएका छन् । जनैपूणिर्माको दिन अगावै सामाजमा पुरुषका लागि आवश्यक पर्ने जनै घरमै बनाउने गर्दथ्ये । भौतिक शरीरमा जनैको महत्त्व बुझाउनकै लागि घरमा काठको चर्का राखेर नेपाली काँचो धागोबाट जनै उत्पादनपछि दान गर्ने गरेको उनका माहिला छोरा डम्बर बरालले सुनाएँ ।IMG_20240819_112910
जनै पुर्णिमा अगाबै धेरै तयारी गर्नुहुथ्यो,सञ्चारकर्मी एबम् प्रेस क्लब मेचीनगरका अध्यक्ष बरालले भने,`उमेरले वृद्ध र शारीरिक रुपमा रोगले थलिँदा पनि बुवाले समाज र धार्मिक क्षेत्रमा दिएको देन अबिस्मरणीय छ । बुवाले काँचो धागोलाई चर्खामा बाट्ने, बाटेको सिङ्गल डोरोलाई ९ डोरो बनाउन घुँडामा राखेर बाट्नुभएको दृश्य अहिँले जस्तै लाग्छ । धर्मको नाउँमा गम्भीर बनेर हामी ४ भाइ छोरालाई पनि जनै बाट्न र बनाउन सिकाउनुहुन्थ्यो ।
सिक्ने क्रममा अलिअली भाका ल्याएको पनि थिएँ । तर, बुवाको स्वास्थ्यवस्था नाजुक भएपछी औषधिउपचारमै ब्यस्त भएँ । त्यो बेला १४/१५ वर्षकाे र कक्षा ८ मा अध्ययनरत थिएँ । बोनम्यारो रोग पीडित भएपछि बुवा बित्नुभयो तर, बुवाकाे मेहनत, ज्ञान र सीप सधैं अक्षुण राख्दै आएपनी मलाई धागो बाटेर जनै बनाउन चै आएन ।´
४ भाइ छोरा ३ जना छोरीका साइला डम्बर हुन् । आमा बेदमाया ७० बर्षिया हुनुहुन्छ । स्वर्गीय चुणामणी र उनका दाजु भवानीशंकरले १ कठा १८ धुर जग्गा दान गरेर २०४२ सालमा घरछेवमै सिताराम मन्दिर निर्माणमा महत्त्वपूर्ण योगदान दिएका थिए । आफ्ना पितापुर्खाले तनमन बचन र धनले निर्माण गरिदिएका सिताराम मन्दिरको ब्यवस्थापनमा सचिबको कार्यभार बराल सम्हाल्दै आएका छन्  ।IMG_20240819_113127
यतिवेला नेपाली जनै भन्दा बजारे र चाइनिज जनै धारण गर्नेको संख्या बढेको पाइन्छ । त्यसतर्फ धर्मगुरु र त्यससँग सम्बन्धित धार्मिक संघ-संस्थाले आफुले र देशमा खपत हुने जनै उत्पादनलाई प्रोत्साहन दिनुपर्छ ।
गायत्री मन्त्र र जनै एक सिक्काको दुइ पाटा हुन् । जनै ब्रतवन्ध गरेपछी मात्र लाईन्छ । जनै लगाएपछी जीवनको कर्म खुल्दछ । पितृ कार्यमा जनै लगाएका लाई मात्र प्राथमिकता दिइन्छ । तर, हाम्रो समाजमा जनै हिजोको दिनमा धारण गर्ने र आज धारण गर्ने शैलीमा केही परिवर्तन भएको पाइन्छ ।
हाम्रा एकपुस्ता अघिका हजुरबुवाका समयमा जनैको महत्त्व निकै महान् हुने गर्दथ्यो । त्यो समयमा नेपाली काचो धागोलाई काठको चर्खामा राखेर दुई चरणमा बाटिएको जनै सबैले प्रयोग गरिन्थ्यो । निकै मेहनतपछि तयारी गरिएको जनैको महत्त्वकै कारण पनि धारण गर्दा र शरीरबाट निकाल्दा मन्त्र जपेरमात्रै दुबै काम गरिदैआएको थियो ।
प्रायः पहाडी क्षेत्रमा बसोबास गर्न धार्मिक ब्यक्तित्वहरुले जनैलाई धार्मिक रुपमा पुरुषहरुको लागि पहिलो पाठशालाको रुपमा महत्त्वपुर्ण बनाइएको थियो । तर,एक-दुई पुस्तामै जनैलाई त्यो अवस्थाको महत्त्वमा राखिएको पाइदैन । २२ औं  सताब्दीमा परिवर्तनका चरणनुसार आधुनिक समय परिस्थिति, नयाँ शैली र बड्दो वैदेशिक यात्राकै कारण पनि हिन्दु संस्कार-संस्कृति एबम् धार्मिक परम्परा ओझेलमा पर्दै आएको धार्मिक ब्यक्तीत्वको भनाई छ । जनैलाई देवताको प्रसादको रुपमा धारण गर्दैआएकाले पनि धार्मिक एबम् पौराणिक धर्मग्रन्थमा उल्लेख छ ।

जनैको धार्मिक महत्त्व यस्तो छ:
पितृ कार्यमा जनै लगाएको लाई मात्र ग्राह्व मानिन्छ । IMG_20240819_113242जनै कलीयुगमा धागोको हुन्छ । जनै लगाए जसरी आउने खटिरालाई जनै खटिरा भनिन्छ। जनैको नौ डोरामा नौ देवताको बास हुन्छ । जनैको गाठोलाई ब्रह्म भनिन्छ । जनै लगाउने जातिलाई द्विजाती भनिन्छ । जनै लाएपछी मात्र मन्त्र फुक्ने र भन्ने गरिन्छ । जनै पितृ तथा देव कार्यमा नभइ हुँदैन, जनै नलाउनेले कपडाको फेहरो काधमा राख्छन् । जनै एक पबित्र पहिरन वा धागोको डोरो हो ।
यतिमात्र होईन व्रह्मा, विष्णु, महेश र गणेश लगायत इश्वर देवताहरुको प्रसादको रुपमा लिइन्छ । देवताहरुले पनि जनै धारण गर्ने भएकाले जनैलाई प्रसादको रुपमा लिइन्छ । 
जनैको गाठो पोलेर खरानी लाए भुतप्रेतले लाग्दैन वा छुदैन भन्ने परम्परागत धार्मिक बिश्वास छ । जनै पबित्र भएको हुँदा सत्यताको लागि जनै छोएर कसम खानेपनि गरिन्छ। जनै लाउँदा पनि मन्त्र छ । फुकाल्दा पनि मन्त्र छ । जुठो सुतक परेमा जनै फेर्नुपर्छ । मैलो वा धेरै पुरानो भए फेर्नुपर्छ । जनै ३ डोरे, ६ डोरे ९ डोरे हुन्छन् । आपद्विपद्मा जनै छोएर डर भगाउने गरिन्छ। अन्त्यमा जनैलाई धागोको त्यान्द्रो मात्र हो भन्नु गलत हो ।
जनैमा नौ देवताको वास हुने भएकाले कर्मकाण्डको अभिन्न अंग तथा रक्षाकवचको रुपमा मन्त्र साधनामा प्रयोग हुने पवित्र वस्तुको रुपमा लिइन्छ ।