चारआली । झापाको चारआली खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कार्यसमितिको आइतबार बिहान २ बजेसम्म ६ सय ७९ मतपत्र गणनाको नतिजा अनुसार साझा प्यालनका पदाधिकारी बहुमतले अगाडि छन् ।
साझा प्यानलका अध्यक्ष राजन चिमरियाले ३४० मत प्राप्त गर्दा एमालेका अध्यक्ष उम्मेद्वार सन्तोष मेचेले २०३ र नेपाली काङ्ग्रेसका अध्यक्ष बालकुमार बिष्टले १०७ मत प्राप्त गरेका छन् । हालसम्मको मत परिणामअनुसार १ सय ३७ एमालेका अध्यक्ष उम्मेद्वार सन्तोष मेचेलाई उछिनेको पाइन्छ भने अर्का काङ्ग्रेसका अध्यक्ष बालकुमार बिष्ट २ सय ३३ मतान्तरले पछि छन् ।
उपाध्यक्षमा मैया कार्कीले २३४ मत, काङ्ग्रेसका दीपा पौडेलले २३४,एमालेका पुष्पा गौतमले २०५ मत प्राप्त गरेका छन् ।
सचिवका प्रत्यासीमध्ये साझाका प्रेमराज घिमिरेले २६३ मत, एमालेका दामोदर घिमिरेले २०६ मत र काङ्ग्रेसका राजेन्द्र रिजालले ११५ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा साझा समुहका साउन मेचे बादलले २१७ मत, एमालेका प्रकाश बरालले २२२ मत र काङ्ग्रेसका यमकान्त पौडेलले १३५ मत प्राप्त गरेका छन् ।
सदस्यमा साझा समुहका तर्फबाट सदस्य पुरुषोत्तम सिग्देलको २३२ काङ्ग्रेसका लक्ष्मी घिमिरेको १२६ ,एमालेका कृष्णप्रसाद भण्डारीले १९९ मत पाएका छन् ।
सदस्यमा साझा समुहको चन्द्रकला तवेबुङले १४२, काङ्ग्रेसकी रम्भाकुमारी राजबंशीले १३० र एमालेकी लीलादेबि कार्कीले २०१ मत पाएका छन् ।
धनमाया बस्नेत १२५, राजेन्द्र कार्की २०० र तेजबहादुर लिम्बुले २२८ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा सुकुमार मेचे १४४, हरिप्रसाद घिमिरे २२७, डिल्लीराम अधिकारीले १८५ मत प्राप्त गरे । महिला सदस्यमा शान्ता नेम्बाङले १३१ भगिरथा खतिवडा १९३, अन्जु फेवादिनले २२८ मत प्राप्त गरिन् ।
त्यस्तै लेखा समिति संयोजकमा मोहन अधिकारीले १८१ रेवतकुमार दाहालको १९० र अर्जुन खनालले १९९ मत प्राप्त छन् । त्यस्तै खुल्ला सदस्यहरुमा रुद्रप्रसाद रिजालले २३९, श्रीप्रसाद थापाले १९४ र हरिप्रसाद रिमालले १२९ मत ल्याएका छन् ।
त्यस्तै महिला सदस्यमध्ये बिमला मिश्र २१७, रितादेबि रिजाल न्यौपानेले २२९ र जमिनादेबि ओली खरेलले १२२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।























































