मेचीनगर । झापा मेचीनगर नगरपालिकाले चौथो खुदुनावारी गोल्डकपको उपाधि हात परेको छ ।
आज सम्पन्न फाइनलमा २–० को गोल अन्तरले शिवसताक्षीलाई पराजित गर्दै मेचीनगर उपाधि बिजेता बनेको हो ।
बिजेताको रुपमा मेचीनगरले एक लाख ११ हजार २११ नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
फुटबलको फाइनल खेल हेर्न मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायत नगर खेलकुद विकास समितिका अध्यक्ष नविन बिष्ट लगायत जनप्रतिनिधि तथा कर्मचारीहरु त्यहाँ पुगेका थिए ।























































