झापा । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम तीन वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

यी हुन् कालोसूचिमा परेका कम्पनीः-
१. श्री एसएएस कन्स्ट्रक्सन प्रालि, विराटनगर-१६, मोरङ
२. श्री एमएस इन्स्पुर सफ्टवेयर ग्रुप कम्पनी लिमिटेड, चीन
३. श्री मृत सन्जिवनी-ग्याल्बा जेभी, काठमाडौं
४. मृत सन्जिवनी कन्स्ट्रक्सन प्रालि, डेटौंडा
५. श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका-६, गोरखा
६. श्री सुष्मी कन्स्ट्रक्सन प्रालि, गोकर्णेश्वर नगरपालिका-५, काठमाडौं। कार्यालयः अत्तरपुर, सिन्धुपाल्चोक
७. श्री रविन कन्स्ट्रक्सन, गुलरिया-६, बर्दिया
८. थोत्रा सप्लायर्स/मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गाउँपालिका-६, रसुवा
९. एम/एसएमडी अप्टिकल सोलुसन प्रालि, पोखरा-१५ कास्की
१०. शिलादेवी एसबीडी निर्माण सेवा प्रालि, शुक्लागण्डकी-२, तनहुँ
११. त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भिमदत्त नगरपालिका-४, कञ्चनपुर
१२. खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका-४, कपिलवस्तु
१३. मेनका निर्माण सेवा, नेपालगञ्ज-१३, बाँके