झिलझिले । तीब्र गतिका कारण यात्रुबाहक बस  नागरिक यातायात दुर्घटना हुँदा करिब ११ जना यात्रु घाइते भएका छन्। 

काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब ११ दर्जन यात्रु घाइते भएका हुन् । आज बिहान ६ः२० बजे शिवसताक्षी-१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे. १ ख. २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको हो । बस सडकबाट तल खस्दा उक्त बसमा सवार ११ जना यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएको छ ।

मोरङ विराटनगर -३ बस्ने वर्ष ५४ का गुणा कोइराला, सोही ठाउँ बस्ने वर्ष ३४ की दीपा निरौला, सोही ठाउँ बस्ने वर्ष १७ की म्यारी निरौला, सोही ठाउँ बस्ने वर्ष ३८ की निर्मला निरौला, सोही ठाउँ बस्ने वर्ष ५९ की शर्मिला कोइराला, झापा शिवसताक्षी-८ झिलझिले बस्ने वर्ष ३२ का टंक शिवाकोटी घाइते भएका छन् 
शिवसताक्षी-८ बस्ने वर्ष ३० की आन्सा फियादेन, सोही ठाउँ बस्ने वर्ष २१ की सुमना लिम्बू, बिर्तामोड-६ बस्ने वर्ष ५१ का पुष्पलाल अधिकारी (टाउको र सो ठाउँ बस्ने वर्ष ४९ की चन्द्रकला अधिकारी, कमल–६ बस्ने वर्ष ४० का शान्तिराम खतिवडा घाइते भएका छन् ।

बस चालक मेचीनगर–१० धुलाबारी बस्ने वर्ष ५४ का टिका मेचेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिएका छन् ।