बिर्तामोड ।झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतमाथिआर्थिक अपचलन गरेको गम्भीर आरोप लागेको छ ।गोल्डकपमा वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बस्नेतले रकम अपचल गरेको बिषयमा अख्तियरमा मुद्दा परेकाले आफुले आगामी नेतृत्वका लागि अध्यक्ष पदको दाबीसमेत फिर्ता लिएको कार्कीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्षका उम्मेद्वार कार्कीले अध्यक्ष बस्नेतले गोल्डकप सञ्चालनका लागि दाता दिएको सहयोग रकम हिसाब पारदर्शीनगरी अपचलन गरेको आरोप लगाएका हुन् ।
बरिष्ठ उपाध्यक्ष कार्कीले आज एक विज्ञप्ति जारी गरी झापा गोल्डकपका लागि स्वदेश तथा विदेशबाट फुटबलप्रेमीहरुले अथाह साथ र माया दिएको तर अध्यक्ष बस्नेतले त्यसलाई अपारदर्शी बनाएको उनले आरोप लगाएका छन् ।कार्कीले सो अपारदर्शीताका कारण अख्तियारमा मुद्धा परेको र सो बिषयसमेत बोर्डमा लुकाएर राखेको पाइएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
झापा गोल्डकपको इतिहासलाई सिध्याउन अध्यक्ष बस्नेत जिम्मेवार रहेको भन्दै कार्कीले यसको जिम्मेवारी अध्यक्ष बस्नेतले लिनु पर्ने बताएका छन् ।
यता अध्यक्ष बस्नेतले आफुले गोल्डकप सम्पन्न गराउन अहोरात्र खटेको नदेखेको तर कपोकल्पित भ्रामक हल्ला फैल्याएर आफ्नो मानहानी गरेकाले मानहानीका बिषयमा कानूनी उपचारमा जाने बताए ।























































