मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ ले विपन्न परिवार छनोट गरी खाद्यान्नसहित रासन कार्ड वितरण गर्न सुरु गरेको छ । सोमबार वडा कार्यालयले माघ महिनाबाट वडाका २० विपन्न परिवारलाई छनोट गरी राहत वितरण सुरु गरेको हो ।
पहिलो चरणमा अतिविपन्न २० परिवारलाई वडा समितिले छनोट गरी खाद्यान्न (रासन) बितरण गरिएको वडाध्यक्ष नैना राईले जनाए ।
उनले विपन्न परिवारलाई ३ जनाको परिवारलाई १० केजी चामल र सो ३ जना भन्दा बढीको परिवारलाई महिनैपिच्छे १५ केजीको दरले चामल (रासन) उपलब्ध गराउँदै जाने वडा समितिको उद्देश्य रहेको जनाएको छ ।
उनले यस चालु आर्थिक वर्षको लागि एक लाख रुपैयाँ मात्र बजेट छुट्याएर वडाभित्रका अति विपन्न परिवारलाई रासन र रासन कार्ड वितरण कार्यक्रम सुरूवात गरिएको उल्लेख गरे ।























































