झापा । सवारी दुर्घटनामा घाइते भई उपाचार्थ रहेका संचारकर्मी सुरज प्रधानको उपचारका लागि आर्थिक सहयोग जुट्दै आएको छ । गत फागुन ९ गते इलामबाट झापा फर्किने क्रममा कुकुरले झम्टिँदा मोटरसाइकल अनियन्त्रित भइ घाइते भएपछि प्रधानलाई बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा पुर्याएका थिए ।
प्रधानको उपचारमा सहयोग पुर्याउने उद्देश्यले झापाका क्रियाशिल विभिन्न सञ्चारसम्बद्ध संगठनहरुले आर्थिक सहयोग प्रदान गरेका हुन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा, प्रेस सेन्टर नेपाल झापा र प्रेस क्ल मेचीनगरले आफ्ना सदस्यबाट स्वेच्छिक रुपमा संकलित रकम बुधबार हस्पिटलमै पुगेर हस्तान्तरण गरेका हुन् ।
फोनिजले नगद २६ हजार १० रुपैयाँ रकम सहयोग उपलब्ध गराएको छ । त्यस्तै प्रेस सेन्टर नेपालले १४ हजार पाँच सय रुपैयाँ र प्रेस क्लब मेचीनगरले २० हजार रुपैयाँ घाइते प्रधानकी बहिनी सीमा प्रधानलाई हस्तान्तरण गरिएको हो ।
एक दशकयता विद्युतीय माध्यम रेडियोमा कार्यरत घाइते प्रधान हाल रेडियो साथीमा आबद्ध छन् भने समाजबादी प्रेस संगठनका नव निर्वाचित जिल्ला सचिव फोनिज झापाका कार्यसमिति सदस्य हुन् ।
प्रधानको उपचारका लागि संकलित सहयोग रकम हस्तान्तरण गर्न नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, फोनिजका जिल्ला अध्यक्ष अर्जुन राजवंशी, फोनिज जिल्ला कोषाध्यक्ष नरेश गुरुङ, जिल्ला सदस्य सर्जु आले मगर सहभागी भएका थिए । त्यस्तै प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष पुस्प खड्काको नेतृत्वमा उपाध्यक्ष सन्तोष शर्मा र सचिब प्रकाश उप्रेती, त्यसैगरी प्रेस क्लव मेचीनगरका पुर्वअध्यक्ष ज्ञानेन्द्र निरौला, नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष खगेन्द्र घिमिरे र सचिब प्रबिण अधिकारी बिर्तासिटी हस्पिटलको उपचारकक्षमै पुगेर परिवारलाई रकम हस्तान्तरण गरेका थिए ।























































