मेचीनगर । किराँत याक्थुङ चुम्लुङ मेचीनगरको सातौं अधिवेशनले बिरुबहादुर बेघाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिले ७ सदस्य थप गर्ने गरी तीन वर्षे कार्यकाल सम्माल्ने गरी समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा ओमप्रकाश खापुङ, सचिवमा राजेन्द्र इधिङ्गो, सहसचिवमा भुमिका फियाक र कोषाध्यक्षमा टीकाप्रसाद इधिङ्गो लिम्बु चयन भएका छन् ।
त्यसैगरी मेचीनगरका १५ वटै वडाबाट प्रतिनिधि हुनेगरी सदस्य चयन गरिएको निर्वाचन समितिका संयोजक हस्त आङ्दाम्वेले जानकारी दिए । सदस्यहरुमा चन्द्र आङ्दाम्वे, शुक्रराज धिङ्वो, नरेन्द्रकुमार कुरुवा, किरण कन्दङ्वा, नरबहादुर साम्सुहाङ, अम्मर फेम्बो, नन्दुभाइ मियाम्बो, लोकबहादुर आङ्वो, कोपिला लावती, अरुण जवेगु, भुमादेबि आङ्दाम्वे, देशु वेघा बनेम, रीता केरुङ र मनकुमारी लिम्बु चयन गरेको निर्वाचन समितिका संयोजक आङ्दाम्वेद्वारा जारी गरिएको उम्मेद्वारीको अन्तिम नामावलीमा उल्लेख छ ।
फागुन १६ गतेदेखि सुरु भएको किराँत याक्थुङ चुम्लुङ मेचीनगरको सातौं अधिवेशनले उम्मेद्वारीको नामावली सर्वसम्मत गरेको नव निर्वाचित अध्यक्ष बिरुबहादुर बेघाले जानकारी दिए ।























































