चारआली । झापाको चारआलीमा सञ्चालित तारापुन्ज साकोसले हात्तीपीडित आफ्ना सदस्य मेचीनगर-१४ की गोमा कार्की सदस्य नम्बर (५३०) लाई आइतबार ५ हजार १ सय रुपैयाँ राहतस्वरुप उपलब्ध गरेको छ । 

संस्थाका ब्यवस्थापक मोहन अधिकारीले हात्तीपीडित कार्कीलाई संस्थाको कार्यालयमा उक्त रकम प्रदान गरेको हो । केहिदिन अघि जंगली हात्तीले कार्कीको घर भत्काएर अन्नपात खाएर नष्ट गरेको थियो ।

संस्थाले प्राकृतिक प्रकोप तथा बन्यजन्तुको आक्रमणबाट क्षति वा बिपदमा परेका आफ्ना सदस्यहरुलाई राहतस्वरुप सहयोग उपलब्ध गराउँदै आएको छ ।