ज्यामिरगढी । झापाको मेचीनगर-१५ नम्बर वडा कार्यालयले पर्याप्त सिँचाइकाे ब्यवस्थापन गरिदिएपछी त्यहाँका कृषकहरु उत्साहित बनेका छन् ।Screenshot_2025-05-04-09-59-31-221_com.android.chrome-edit
लामो समयदेखि सिँचाइको अभावमा समस्या झेल्दै आएका कृषकको जमिनमा वडाध्यक्ष गुणराज भट्टराईले वडा र नगरबाट बोरिङको ब्यवस्थापन गरिदिएपछी त्यस क्षेत्रका कृषक उत्साहित बनेका हुन् । परम्परागत रुपमा कृषि क्षेत्रमा लाग्ने किसानलाई प्रोत्साहन गर्दै आधुनिक र ब्यवसायिक खेती गर्न प्रेरित गरिएकाे वडाध्यक्ष भट्टराईको भनाई छ ।Screenshot_2025-05-04-09-30-20-703_com.miui.gallery-edit
आकाशे र कुलो-पैनीको भरमा परम्परागत रुपमा खेती गर्न बाध्य बन्दैआएका कृषकको जमिनमा बोरिङ गाडिदिएपछी हाल आधुनिक ढंगले ब्यवसायिक कृषि पेशाबाट आत्मनिर्भर बन्दै आएको कृषकहरुले बताएका छन् ।
वडाको नेतृत्व गरेको ७ वर्ष अवधीभित्र १ वटा ५० जना किसानको खेतमा  पानी तान्ने बोरिङ गाडिदिएको भट्टराईले बताए । बोरिङ गाडेपछी त्यहाँका किसान ब्यवसायिक बनेका छन् । केही कृषक नगरभित्र उत्कृष्ट किसानको रुपमा सम्मानित भएको उनले सुनाए । 
मेचीनगर-१५ वडामा ६ वटा कृषि फर्म छन् । हाल उनिहरु सबै ब्यवसायिक बनेका वडाध्यक्ष भट्टराईको भनाइ छ । उनका अनुसार २२ सयबढी जनसंख्या रहेको वडामा २५ वटा टोल कृषि क्षेत्र २३ दशमलव ६२ हेक्टर भूगोल रहेकोमा ७० प्रतिशत वडाबासी कृषि पेशामा आबद्ध रहेका छन् ।
सिचाइँ नपुगेको ठाउँमा चालू आर्थिक वर्ष २०८१/०८२ मा नगर र वडाबाट ४१ वटा डिपबोरिङ गाडेको अध्यक्ष भट्टराईको भनाई छ । किसानको समस्या सामाधान गर्ने र उनिहरुको हितमा काम गर्ने नगरपालिकाभित्रकै कृषिमैत्री वडाको रुपमा दाबी गरिएको छ ।
Screenshot_2025-05-04-09-30-40-911_com.miui.gallery-edit
वडा कार्यालयले कृषकको अपेक्षाअनुसार हौसला प्रदान गर्ने खाल कृषि उपकरण, सिचाइँको ब्यवस्थापन गरेपछी पेशाबाट बिस्थापित हुनै लागेका कृषकहरु हाल आत्मनिर्भर बन्दै आएका कृषकहरुले बताएका छन् ।
पेशाबाट बिस्थापित हुनै लागेका बौसल टोल विकासका कृषक रुइदास राजबंशी वडा कार्यालयले डिप बोरिङ गाडिदिएपछी हाल   ब्यवसायिक बनेर राम्रो आम्दानी गर्न सफलता भएका छन् ।
पर्याप्त सिचाइँ नहुँदा कृषि पेशाबाटै बिस्थापित हुने अवस्थामा पुगेका कृषकले डिप बोरिङ सिँचाइपछि मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । Screenshot_2025-05-04-09-58-21-691_com.android.chrome-editपर्याप्त सिँचाइ नहुँदा बार्षिक २/३ लाख कमाई गर्दै आएका उनले हाल बार्षिक १० लाखको तरकारी उत्पादनपछि बिक्री गर्दै आएको उनले सुनाए । कृषि क्षेत्रमा लागेर ब्यवसायिक बन्न सफल भको भन्दै केहि संघसंस्थाले पुरस्कृत गरेको छ ।
वडाध्यक्ष भट्टराई आफैं किसान हुन् । वडाको कार्यसम्पादनपछि कृषि कर्म गर्दै आएका छन् । उनले गत वर्ष ५१ मन तोरी उत्पादन गरेको सुनाए । आफू पनि किसान भएकाले कृषकको समस्या बुझेर उनीहरुलाई प्रोत्साहन कार्यक्रम ल्याएको बताए ।