भद्रपुर । भद्रपुरको साना किसान सहकारी संस्थामा चोरी भएको छ । भद्रपुर नगरपालिका १ सोमबारेस्थित साना किसान सहकारी संस्थामा चोरी गए राति चोरी भएको हो ।
कार्यालयको झ्यालको पल्ला र ग्रिल फोडेर चोर भित्र प्रवेश गरी लकर समेत फोडेर लकरभित्र रहेको नगद ३ लाख २ हजार ९७६ रुपैयाँ र सिसी क्यामेराको हार्ड डिस्क चोरी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना भएपछि इलाका प्रहरी कार्यालय पृथ्वीनगर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेका थिए । घटनाको बारेमा प्रहरी अनुसन्धान गरिरहेको जनाइएको छ ।






















































