झापा । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जग्गा प्रकरणमा अरुण चौधरीलाई पक्राउ गरेको छ । 

चौधरी उद्योगपति विनोद चौधरीका भाइ हुन् । उनलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले विधिविपरीत निजी सम्पत्ति बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ महिना अघि तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको सरकारी जग्गा चौधरीले हडपेको विषयमा अनुसन्धान शुरू गरेको थियो । १० रोपनी जग्गा सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।