प्रकाश उप्रेती
झापा  ।  झापाको हातेमालो सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्द्धन गर्न देशकै नमूना सिमसार क्षेत्रको रुपमा बिकास अघि बढाएको छ । प्राकृतिक सम्पदाको मनोरम स्थलसँगै जर्वा पानीको भेललाई ब्यवस्थापनसहित संरचनागत बिकास निर्माणको कार्ययोजना अघि बढाउँदै देशकै नमूना सिमसार क्षेत्रकाे रुपमा बिकास अघि बढाएको हो ।IMG_20240210_143446
पूर्वमा सामुदायिक वन उपभोक्ता समितिले बनावटी सिमसारको नाउँमा होडबाजी भएसँगै  मेचीनगर-१३ स्थित बन समुहले `निचाझोडा सिमसार तथा पर्या-पर्यटन क्षेत्र´ बिकास तीब्र रुपमा अघि बढाएको हो । प्राकृतिक बन सम्पदाको बीच भागमा प्रयोग नभएको पानी उम्रिने `झिल´ जमिनलाई बन समुहले पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा बिकास गर्दै देशकै नमूना सिमसारको कार्ययोजना अघि सारेको बन समुहका अध्यक्ष चन्द्र सिग्देलले बताए । समुहले निचाझोडा सिमसार तथा पर्या-पर्यटन क्षेत्रको बिकासका लागि बीच भागमा टापु र त्यस वरिपरि फेवातालको दुरदृस्टी परिकल्पनासहित बिकासका कार्ययोजना सुरु गरेको हो । हाल उक्त फेवातालबाट आन्तरिक तथा बाह्यय पर्यटकले अवलोकन गर्दा आम्दानीसमेत गर्न थालको छ ।IMG_20240210_155702
६ वटा डुङ्गामा यात्रा-अवलोकन हुँदा आम्दानी गर्दै आएको छ भने यसै बर्ष १ लाख माछा पाल्न सुरु गरेको छ । फेवातालमा पालेको माछा बिक्री गर्न  (फिसिङ) बल्छी गरेर माछा मार्ने अर्को छुट्टै योजना रहेको अध्यक्ष सिग्देलको भनाई छ । आगन्तुकको माग अनुसार अरु १० डुङ्गामा थप गर्ने सोचमा रहेको छ ।
हाल वरिपरी फेवातालको बीचमा रहेको खुल्ला ठाउँमा ६ वटामात्रै गोलघर निर्माण गरेको छ । सातामा शनिबार र छुट्टिको दिन दर्जनौं सेमिनार, पार्टी, बनभोज गर्दै आएको छ भने २० वटा गोलघर थपेर एकैसाथ १ सयबढी पार्टी, बनभोज र कार्यक्रम गर्नसक्ने क्षमताको रूपमा सिमसारलाई बिकास गर्ने योजना अघि सारेको छ।IMG_20240213_081809
स्थानीय निकाय र बन समूहको करिब अढाई करोड बजेटमा फेवातालको उत्खनन-ब्यवस्थापन, २ वटा आकर्षक पुल-पुलेसा निर्माण, बिजुली, खानेपानीको ब्यवस्थापन, गोलाघर निर्माण,६ वटा डुङ्गा खरिद, गेटसहित सुरक्षा प्रदान गर्न २० फुटे अग्लो घर निर्माण, तारजाली कम्पाउण्ड, बाटो निर्माण र ग्राबलिङ गरेको छ । आगामी दिनमा नवीनतम कार्ययोजना बनाएर अघि बड्ने अध्यक्ष सिग्देलको भनाई छ ।
स्थानीय सरकार वडा कार्यालयले पटकपटक गरेर २७ लाख, मेचीनगर नगरपालीबाट फलामे पुलसहित १५ लाख बजेट बिनियोजन गरेको छ भने अन्य बजेट बनको आन्तरिक श्रोतबाट ब्यवस्थापन गरेको छ । बनले आन्तरिक श्रोतबाट ६ वटा गोलघर निर्माणसमेत गरेको छ ।IMG_20240213_080455
बिकास निर्माणअन्तर्गत आगामी प्रदेश सरकारको बजेट २५ लाख पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्ने, ३ वर्षे क्रमागत  २२ लाख बजेटबाट सिमसारको उत्तरपट्टी र पश्चिममा पोखरी निर्माण गर्ने,  वन मन्त्रालयको २५ लाख बजेटबाट जलाधार निर्माणको तयारी गरिएको अध्यक्ष सिग्देलको भनाई छ । स्थानीय निकाय, जिल्ला बनसँग समन्वय गरेर भबिस्य `मिनी-जु´ को ब्यवस्थापन गर्ने योजना रहेको छ ।IMG_20240127_180146 ३९० हेक्टरमध्ये ३२ बिगाह खाली जमिनमा फैलिएको सिमसार खुल्ला र घमाइँलो ठाउँ दैनिक जीवनयापनलाई सहज बनाउन प्रयोग गरिएका ढिक्की, जातो, ठेकीलगायत लोपबस्तु संरक्षण गर्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ्ग निर्माण गर्ने,  स्थानीय संस्कृतिलाई जगेर्ना गर्न विभिन्न सम्प्रदायका मठमन्दिर गुम्बा एबम् धार्मिक संरचनाको निर्माण गर्ने साथै एग्रो टुरिजमको रुपमा बिकास गर्ने भावी योजना रहेको अध्यक्ष सिग्देलको भनाई छ ।IMG_20240213_080731
झापाका ५९ वटा सामुदायिक बनमध्ये ३५ वटाबढीले बनले पर्या-पर्यटन क्षेत्रकाे रुपमा बिकास गरेको जिल्ला बन कार्यालयका ऋषि पराजुलीले जानकारी दिए । उनका अनुसार बनको नियम अनुसार नै बनले पर्या-पर्यटन क्षेत्रको रुपमा बिकास   गरेका छ्न् । ती मध्ये चौतर्फी सम्भावना देखिएको हातेमालो बनभित्रको निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्रलाई बिकास गर्न  सके देशकै नमूना बन्ने पराजुलीको भनाई छ ।

नमूना फेवाताल सुरक्षित छ:
घना बनको बिच र प्राकृतिक सुन्दरताले रमणीय हराबरा स्थलको रुपमा रहेको `निचाझोडा सिमसार तथा पर्या-पर्यटन क्षेत्र´लाई सुरक्षित बनाउन योजना अघि सारेको छ । कुनैपनि अप्रिय घटना नहुँन सीसी क्यामरा जडान गरिएको छ भने २ जना हेरालुलाई सिमसारस्थलमै ब्यवस्थापन गरिएको छ । IMG_20240127_180316त्यसैगरी बनभित्र  ह्रिंसक जनावर नभएपनी आगन्तुक रैथाने जनावरका लागि हात्ती सोलार फेन्सी तारबारको ब्यवस्थापन लागि योजना अघि सारिएको छ । सेन्सर साइसर जडान गर्ने योजना पनि अघि सारेको छ भने विद्युत प्राधिकरण बिर्तामोडको सहयोगमा सिमसारस्थलको वरिपरि विद्युत पोलसहित `स्काई लाइट´को ब्यवस्थापन गर्ने योजना रहेको छ । ३ किलोमिटर दुरिमा प्रहरी चौकी र नेपाली सेनाको ब्यारेक रहेको छ ।

सिमसारको इतिहास:
बिस २०३५ अघि सिमसार क्षेत्रमा पहाडे, राजबंशी, धिमाल समुदायले झाँडी फाँडेर बसोबास  गरेका थिए । कहिँले नसुक्ने जर्वा खोला थियो । मान्छे मर्दा अन्त्येष्टि गर्ने ठाउँ थियो । पानीको सिम-झिल क्षेत्र भएकाले त्यहाँ अन्यसँगै झिँगे माछा बढी नै पाइन्थ्यो । त्यसैले राजबंशी समुदायले आफ्नो भाषा प्रयोग गर्दै `झिंगे माछा´ कै नाम निचा-झोडाको नाम राखेका थिए । सो नाम हालसम्म पनि प्रख्यात छ । IMG_20240127_173628 चारआलीमा नेपाली सेनाको ब्यारेक स्थापना भयो । सेनाले बनको रेखदेख गर्ने जिम्मेवारी पाएको थियो ।
ब्यारेक वरिपरिको जमिनमा बनभित्रको, ऐलानी जग्गा, स्कुलको जमिनमा खनजोत गर्दै नेपाली सेनाको खाद्यान्नको जोह गर्नुपद्थ्यो । सिमसार क्षेत्र पनि सेनाले नै खनजोत गर्दै आएका थिए ।  २०६३ सालमा देशभरी बनको रेखदेख गर्न समुदायलाई जिम्मा दिएपछी हातेमालो सामुदायिक बन उपभोक्ता समूह गठन भएको हो ।IMG_20240210_143735

बनमा तत्काल स्थानीय अर्जुन थेवेको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसपछि स्थानीय जयप्रसाद थेव अध्यक्ष हुँदै १०७२/२०७३ सालमा बिदुर शिवाकोटीको कार्यकालमा हाल मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले निचाझोडा सिमसारलाई पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्न अवधारणा अघि बढाएका थिए । 
त्यस ठाँउलाई सिमसारको रुपमा बिकास गर्ने अवधारणा अघि सारेपछी सुरुमा तत्कालीन बन समितिले नै बिरोध गरेका थिए । वडाध्यक्ष कृष्णराज सिग्देलले निरन्तर सोही अवधारणालाई अघि सारेपछी उनकै संयोजकत्वमा निचाझोडा सिमसार पर्या-पर्यटन क्षेत्र  उपसमिति बनाएर सिमसार ब्यवस्थापन अघि बढाएको थियो । ब्यवस्थापन उपसमितिमा कृष्णराज सिग्देल संयोजक र पर्शुराम राजबंशी, सबिना बजगाँई, बद्री महत, प्रकाश उप्रेती, लक्षमण कार्कीलगायतको सदस्यीय समिति बनाइएको थियो ।
यो वर्षदेखि २०७९/२०८० देखि बनभोज सुरु गरेको छ । भने  राजबंसी समुदायले स्थापना गरेको `जुण्डेवेल ठाकुर´सहित दुर्गा र कालीको स्तम्भ राखेर धार्मिक बिधिअनुसार पुजाअर्चना गरिंदैआएको छ । स्थानीय समुदायले सो क्षेत्रमा आआफ्नो धर्मसम्प्रदायको धार्मिकस्थल निर्माण गर्ने भन्दै आएपनि बन कार्यालयसँग समन्वय गरेर अघि बढ्ने योजना रहेको समूहको भनाई छ ।IMG_20240210_143417 1बनभोजसहित अवलोकन गर्ने आन्तरिक र बिदेशी पर्यटक आउने क्रम बढेको छ । पुष-माघ महिनामा ५२ हजार आन्तरिक र बिदेशी पर्यटकको आगमन भएको छ । सिमसारलाई राम्रो ब्यवस्थापन गर्न १५ सदस्यीय निचाझोडा सिमसार तथा पर्या-पर्यटन क्षेत्र उपसमितिसमेत बनाएको छ ।
शनिबार र छुटिको दिन आन्तरिक र बाह्यय पर्यटक आउने गरेको छ्न् । अन्य समयमा जन्म, बिवाह, बनभोज, विद्यालय, युवा, महिलाको अवलोकन गर्न आउने गरेका छ्न् । हाल आगमन प्रेवेशीलाई गेटपास नि:शुल्क ब्यवस्था गरेको छ ।  IMG_20240127_180258चिल्ड्रेन पार्क बनाएपछी प्रवेश शुल्क लगाउने योजना रहेको समितिका सचीव प्याकुरेलले जानकारी दिए । सिमसारको वरिपरि आकर्षक बनाउन बनले १२ सय बृक्षरोपणसमेत गरेको छ ।
परामर्श समितिको सदस्य अपुर्ब डाँगी, बनका पुर्व सदस्य लक्षमण कार्की, उपसमितिका सदस्य सोनाम तामाङ, सदस्य कमल बराल, तिलक श्रेष्ठलगायतका बौद्धिक आधुनिक ढंगले उच्च ब्यवस्थापन गरे सामुदायिक बनभित्र देशकै नमूना सिमसारको रुपमा बिकास गर्न सकिने धारणा राखेका छन् ।IMG_20240127_180047कसरी पुगिन्छ नमूना फेवाताल  ?
पुर्वको झापा जिल्लाको भद्रपुर बिमानस्थलदेखि चन्द्रगढीचोक देखि चारआलीरोड हुँदै ९ किलोमीटर उत्तर, पुर्बी नाका काकर्भिट्टाबाट पुर्वपश्चिम लोकमार्गबाट पश्चिम चारआली चोकदेखि ३ किलोमिटर दक्षिण पुरानो लुना मल र गोरखकाली सिमेन्ट उद्योगको बिच पश्चिमपट्टीको हातेमालो बनको बाटोमै होडिङ बोर्ड देख्न सकिन्छ भने बनको बाटो हुँदै ५०० मिटर पश्चिममा सिमसार स्थल पुगिन्छ ।