झापा  । झापामा लागू औषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बुट्टावारिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ को एक घरबाट सन्दकपुर गाउँपालिका–४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ वर्षीया बबिता गुरुङ, इलाम नगरपालिका–२ की २० वर्षीया पूर्णिमा गुरुङ र स्थानीय २१ वर्षीय मनिष लिम्बूलाई १२ ग्राम ९५० मिलिग्राम लागू औषध ब्राउन सुगर र ९ हजार आठ सय पचास नगदसहित पक्राउ गरेको हो ।

त्यस्तै कमल गाउँपालिका–३ का २० वर्षीय मौसम किस्कु ७२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।