बिर्तामोड । झापा बिर्तामोडबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा झापा बिर्तामोडका वर्ष ३० का दिनेश खरेल, सोही स्थानका वर्ष २२ का भरतराज खरेल रहेका छन् ।
त्यस्तै, दार्चुलाका वर्ष २२ का आयुष बडू, वर्ष ४७ का गणेशदत्त बडू, भारत महाराष्ट्रका ३७ वर्षीय अमल विभूति, सोही स्थानका वर्ष १८ का प्रकाश विभूति र गणेशसतिस बाल्टे रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।प्रहरीका अनुसार बिहीबार पक्राउ परेका २२ वर्षीय आयुष, गणेशको आफ्नै छोरा हुन् । झापाका दिनेश र भरतराज खरेल भने उनका सालीका छोराहरू हुन् ।
बिहीबार न्युरोडको एक हुन्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।






















































