बिर्तामोड । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ ।

बिर्तामोडस्थित पूर्व पश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाँडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो ।

आइतबार बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो । अनारमनी प्रहरी घटनास्थलमा पुगेर शवलाई पोको पारेर पोस्टमार्टम गर्न लैजाने तयारीमा छ ।

शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।