झापा । काँकरभिट्टादेखि लौकहीसम्मको सडक विस्तार अन्तर्गत सडकको दायाँबायाँको रुख कटान कार्य शुरु भएको छ । एसियाली विकास बैंक(एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) ले सडक बिस्तारसँगै स्तरोन्नतिका लागि बिहीबारबाट रुख कटान सुरु गरेको हो ।

कुल ४६ अर्ब रुपैयाँ लागतमा पूर्व-पश्चिम राजमार्ग चार लेनमा विस्तार गर्ने योजनाअनुसार पहिलो चरणमा सडकको दायाँबायाँ नाप्ने र पुलपुलेसामा पुरुवा हाल्ने काम सुरुसँगै रुख कटान गरिएको डिभिजनल वन अधिकृत मेघराज राईले बताए ।IMG_20240229_131552झापाको काँकरभिट्टादेखि झापा-मोरङ सीमाना मावा खोलासम्म ५२ किलोमिटर सडक विस्तारका लागि जसलाई दुई खण्डमा विभाजन गरिएको छ । काँकरभिट्टा-सितापुरीमा पर्ने ४ हजार ७ सय २३ रुख आजबाट काट्न थालिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र  उपस्थितीमा आज धुलाबारी पश्चिम एउटा रुख काटेर कटान कार्यको शुभारम्भ गरिएको डिभिजनल वन अधिकृत राईले जानकारी दिए । IMG_20240229_131613पश्चिम खण्ड सितापुरी-मावा खोलाको भने प्रक्रियामै रहेकाले अब छिट्टै शुरु गरिने उनले जानकारी दिए । सितापुरी-मावा खोला खण्डमा एक हजार एक सय १७ वटा रुख काटिनेछ ।