सप्तरी । घरायसी विवादमा छोराको बन्चरो प्रहारबाट उनका ४५ वर्षीय बुवा हिराई सदाको हत्या भएको छ ।
सप्तरीको सप्तरीकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका सदा परिवारमा घरायसी बिवाद आफ्नै छोराको प्रहारबाट सदाको मृत्यु भएको हो ।
२२ वर्षीय छोरा लालदेब सदाले घरायसी विवादमा बन्चरोले हिराईको घाँटीमा प्रहार गरी हत्या गरेको सप्तरीका डिएसपी ढुण्डीराज न्योपानेले जानकारी दिए ।
घाँटीमा बन्चरो प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको थियो । घटना घटेलगत्तै बाहिर निस्किएका लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए । टाउको र हातमा चोट लागेका दशनको फतेपुरस्थित स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लालदेवलाई बन्चरोसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।






















































