जनकपुरधाम । जनकपुरको शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी छन् । मोहम्मद इरफानकी छोरी खुशी आइतबार बिहानदेखि हराएकी थिइन् । परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास थालेको थियो । खोजीका क्रममा उनी आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन् ।घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार ती व्यक्तिको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । बालिकाको मृत्यु कसरी भयो भन्ने विषय भने अझै खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्कासहित अनुसन्धानको टोली पुगेको छ । मुचुल्का तथा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ ।